×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

संविधानको भावना विपरित राजीनामा दिन्नँ : उपसभामुख तुम्बाहाम्फे (अन्तरवार्ता)

काठमाडौँ : नेपाली राजनीतिमा अहिले सर्वाधिक चर्चामा छिन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । उनी सत्तारुढ दल नेकपाबाट उपसभामुखमा निर्वाचित भएकी हुन । पार्टीले उनीसँग राजीनामा मागेको विषय अथवा उनले सभामुखका लागि राखेको अडान र लामो समयदेखि बस्न नसकेको प्रतिनिधी सभाको बैठक लगायत भावी सभामुखका विषयमा काठमाडौंस्थित हाम्रा संवाददाताले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सँग गरेको अन्तरवार्ता

अहिले संसदमा एउटा गतिरोध देखिएको छ । तीन तीन पटकसम्म संसदको बैठक बस्न सकेन् । यो कहिले सम्म रहन्छ ?

Advertisement
Advertisement

अव यो गतिरोध अन्त्य गर्ने अर्थात प्रतिनिधि सभाको बैठक सुचारु गर्ने भन्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ उसको हातमा छ ।

किन रोकिएको छ संसद, बिजनेस नभएर हो या अन्य केही कारणहरु भन्न मिल्छ ?

यसमा बिजनेस हामीसँग छ । प्रतिनिधि सभाको सभामुख पद रिक्त छ । उक्त रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया अगाडी बढाउनु पर्ने थियो । उक्त निर्वाचन प्रकृया अगाडी बढाउनको निम्ति सत्तारुढ दलले मैले उम्मेदेवार बनाउँछु भनेर उसले अगाडि भनेको थिएन र अहिले तीन दिन जति भयो उसले सभामुख पद्मा उम्मेद्वार बनाउँछु भनेको छ । यद्यपी त्यो दलले आफ्नो उम्मेद्वार तयार गरेको छैन् । जसको कारणले पुस २७ गतेको बैठकलाई पनि केहीदिन पछाडि सारौं भन्ने आग्रह उहाँहरुले गरेपछि बैठक हामीले पछाडि सारेका छौं । अब माघको ६ गते प्रतिनिधि सभाको बैठक छ । सम्भवतः त्यो दिन प्रकृया अगाडि बढ्ने सम्भावना छ ।

संसदको गतिरोध त संसद भित्रैबाट खोल्ने अभ्यास हो । तर विभिन्न सञ्चार माध्यममा सुनिए, छापामा आए अनुसार त संसद भन्दा बाहिर कुनै राजनितिक दलको राजनीतिक निर्णयबाट खोल्ने अथवा त्यसको गतिरोध अन्त्य गर्ने भन्ने कुराहरु आइराखेका छन् । यसबारेमा तपाइलाई कत्तिको जानकारी छ , यसलाई कसरी लिनुभएको छ ?

यसमा के हुन्छ भने, संसद भित्र देखिएको गतिरोधलाई व्यवस्था गर्न अथवा अन्त्य गर्नको निम्ति प्रतिनिधि सभा भित्र जुनजुन दलहरुले प्रतिनिधित्व गरेका हुन्छन ति दलहरुभित्र कुन विषयमा कसरी गतिरोध भयो भन्ने विषयलाई निक्र्योल गरेर, छलफल गरेर, अन्तरसम्बाद गरेर व्यवस्थापन गर्ने कुरा रहन्छ । तर अहिलेको विषय फरक हो । किन भने अहिले प्रतिनिधिसभा सभामुख पद रिक्त छ । त्यो रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया बढाउनु पर्ने तर अगाडी बढाउनको निम्ति सत्तारुढदलले उम्मेद्वार दिन्छु भनेर भर्खर घोषणा ग¥यो । अब यो भन्दा अगाडी के गर्छु भनेर त्यो दलले भनेको थिएन । अन्य दलहरुले सभामुख पदमा उम्मेद्वार दिएर पनि उसले निर्वाचनमा निर्वाचित हुने सम्भावना कम छ त्यसैले जसले जित्छ त्यो दलले नै उम्मेदवारी दिनुपर्ने हुन्छ र आहिले सम्म दिएको अवस्था थिएन । त्यहि कारणले गर्दा हामीले संसद अथवा प्रतिनिधिसभाको बैठकबाट सबैभन्दा पहिला सभामुख पदको निर्वाचन गर्नुपर्ने हो र त्यो प्रकृयालाई अगाडी बढाउनुपर्ने हुन्छ ।

पछिल्लो समय सञ्चारमाध्यममा आएको प्रशंग नै उल्लेख गर्न चाहन्छु । यसको केन्द्र्रित पात्रको रुपमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पनि राखिएको र राजिनामा मागिएको भन्ने निर्णय नै हामिले पढ्न पायौं । तपाईलाई राजिनामा मागिएको बारे जानकारी छ ?

यहाँले ठिकै कुरा गर्नुभयो । केन्द्र विन्दुमा अहिलेको प्रतिनिधिसभा जहाँ सभामुख पद रिक्त छ र त्यो भइसकेपछि प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्ने र नेतृत्वदायी भूमिकामा बसेर कामकारबाही गर्ने उपसभामुख केन्द्रविन्दुमा रहने स्वभाविकै हो यसलाई अन्यथा मान्न मिल्दैन र स्वभाविक रुपले संस्थालाई नेतृत्व प्रदान गर्न पर्छ । र अहिले भर्खरै यहाँले भन्नुभयो मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको नेकपाले राजिनामा दिनको निम्ति निर्देशन जारी ग¥यो भन्ने थाहा पाएको थिए । तर यसपछाडि मैले के भने भने म एउटा स्वतन्त्र संस्था, जुन संस्था एउटा देशको तीन प्रमुख संस्थाहरु मध्ये एउटा संस्था व्यवस्थापिका र त्यो व्यवस्थापिकामा प्रमुख पद्मा रहेको व्यक्तिले राजिनामा दिएपछाडि दोस्रो तहमा बसेको व्यक्ति जो उपसभामुखले नेतृत्व गरिराखेको छ त्यसलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाउ भनेर भन्न संविधानतः मिल्दैन । र म अहिले प्रतिनिधि सभामा बसेर काम गरे पछाडि म एउटा स्वतन्त्र व्यक्ति हुँ । जतिवेला मलाई दलले उम्मेदवार बनाएर म निर्वाचित भए त्यस पछाडि मैले दल त्याग गरेको छु । मैले कुनैपनि पदमा साधारण सदस्य समेत नरहनेगरी दलबाट बाहिर निस्किए । र बाहिर निस्किएपछि स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व गर्नुपर्छ र अहिले पनि गरिरहेको छु । यद्यपी यहाँले जुन जिज्ञासा राख्नु भएको छ आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले यहि जिज्ञासा राखेर बसिरहनुभएको मैले अनुभुति गरेको छु । अहिलेको सन्दर्भमा उपसभामुख किन राजिनामा नदिइ बस्यो त । दलले निर्देशन दिइसक्यो तर अटेर ग¥यो भन्ने पनि सुनेको छु । तर यस कुरामा मेरो कुरा के छ भने यो प्रतिनिधि सभा एउटा संस्था हो र जुन संस्थालाई मैले नेतृत्व प्रदान गरिराखेको छु । नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजिनामा दिएर बाहिर निस्क भन्न मिल्दैन र भनेपनि मैले यो संस्थालाई खालि गर्न हुँदैन भनने नै हो । किन भने संविधानले प्रतिनिधि सभालाई कुनै एउटा समयमा रिक्त हुन भनेर कल्पना गरेको छैन् । सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छ भनेर नै कल्पना गरेको छ । त्यो परिकल्पनालाई हामिले ग्रहण गर्नुपर्छ । अहिले म उपसभामुखबाट नेतृत्व गरिरहेको छु । जव सम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडी सार्दैन त्यतिवेला सम्म मैले राजिनामा गरेर प्रतिनिधिसभालाई नेतृत्व विहिन बनाएर छोडने पक्षमा म छैन् । किन भने मैले जतिबेला उपसभामुख पदको लागि सपथ लिएको थिए त्यस बेला संविधानलाई टेकेर, संविधानलाई कार्यान्वयन गर्छु भनेर कसैको डर नमानिकन अगाडि बढ्छु भनिकन मैले सपथ लिएको छु । त्यो भनेको के हो भने प्रतिनिधि सभालाई मैले नेतृत्व प्रदान गर्छु जतिवेला सम्म मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर म बसेको हुँ । र अहिले पनि त्यहि अवस्थामा छु र जसको कारणले गर्दाखेरी मैले राजिनामा दिएको छैन र अझैपनि म राजिनामा दिने अवस्थामा छैन् । किनभने दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन् । यदि दलले आफ्नो उम्मेदवार अगाडि बढाइसके पछाडि मैले प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचन प्रकृयालाई अगाडि बढाउने सन्दर्भमा केही अगाडि मात्रै मैले राजिनामा गर्छु । त्यो गरिसकेपछाडि उपसभामुख उपसभामुख पद पनि खालि हुन्छ सभामुख पद खालि छदै छ । अनि निर्वाचन प्रकृया अगाडि बढ्छ । र मैले के सोचेको छु भने संविधानतः पनि मलाई दिइएको जिम्मेवारी मैले पुरा गर्नुपर्छ । मैले पुरा गर्दाखेरि प्रतिनिधिसभा छोटो समय मात्रै नेतृत्व विहिन रहन्छ । लामो समय सम्म नेतृत्व विहिन बनाउने पक्षमा छैन किनकी संविधानले रिक्त बनाउनु पर्छ नेतृत्व विहिन बनाउनाएर जाउ भनेर मलाई भनेको छैन् । त्यसैले संविधान यो नेपालमा सबैभन्दा ठुलो हो । संविधानले निर्देशित गरेर राष्ट्र चल्छ, राज्य चल्छ । त्यस मातहत रहेर नै सबै दलहरु चल्नुपर्ने हुन्छ । त्यहि आधारमा अहिले मैले प्रतिनिधि सभालाई रिक्त बनाउने अवस्थामा छैन र राजिनामा नदिएको हो ।

एउटा व्यवहारीक नजिर हेर्दा खेरी जो अहिले हटेर जानु भएको सभामुख उहाँलाई पनि दलले निर्देशन दियो उहाँले राजिनामा दिनुभयो अथवा पद त्याग गर्नुभयो । तपाई लाई पनि त्यसै गरी भनेको छ । त्यहि निर्देशन सभामुखलाई लागु हुने तर उपसभामुखलाई लागू नहुने भन्ने हुन सक्छ ?

तपाईको प्रश्न नै मिलेन । किन मिलेन भने एउटा त्यो विषय अनुसन्धानको क्रममा राखेको अवस्था छ । निवर्तमान सभामुखलाई चार्ज लगाएको सबैलाई थाहा छ । त्यो चार्ज लगाएर दलले सभामुख पद्बाट राजिनामा दिएर बाहिर निस्कन निर्देशन दिन सक्ने अवस्था थियो । त्यतिवेला निर्वतमान सभामुखलाई पक्राउ गरिसकेको अवस्था थियो । त्यो घटना फरक हो र अहिलेको घटना फरक छ । निर्देशन पनि कुन प्रशंगमा दिएको भनने छुट्याउनुप¥यो नि त । नि वर्तमान सभामुखको संन्दर्भ उहाँलाई चार्ज लगाएको घटना फरक प्रसङ्ग हो । यो विषयलाई धेरै नकोट्याउँ । त्यतिवेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो । तर अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो । किन गलत हो भने प्रतिनिधि सभा त एउटा स्वतन्त्र संस्था हो । दल एउटा संस्था हो राजनीतिक दल हो ऐन अनुसार दर्ता भएर चलेको संस्था हो त्यो पनि । पार्टि पनि दर्ता भएर चल्छ ऐन अनुसार चल्छ । प्रतिनिधि सभा संविधान मार्फत चल्छ । दललाई पनि संविधानले नै हिँडाएको हुन्छ । तर यो संस्था स्वतन्त्र हो । यि दुई संस्था फरक फरक ढंगले चल्ने संस्था हुन् । आफ्नो आफ्नो काम छन् । र अहिले प्रतिनिधि सभाको उपसभामुख पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको नेतृत्व गरेको व्यक्ति लाई राजिनामा दिएर छोड भनेर निर्देशन दिन मिल्दैन् । निर्देशन उपसभामुखलाई दिन मिल्दैन तर सभामुखलाई मिल्यो किन भने उहाँमा त कुनै एक घट्ना जोडिएको थियो नी । प्रशंग फरक थियो । फरक प्रसङ्गलाई फरक फरक तरिकाले नै बुझ्न जरुरि हुन्छ ।

यदि त्यसो हो भने पछिल्लो समय चर्चामा आएको र विभिन्न सञ्चार माध्यममा सुनिएको र तपाईकै प्रतिकृयाबाट अवको संभावित उम्मेद्वार तपाई आफै पनि हो ? यदि तपाई हो भने किन दलले अर्को उम्मेद्वार खोज्यो, किन राजिनामा दिन भन्यो, किन तपाईलाई स्विकार गर्न सकेन ?

यसमा राजिनामा किन दिन भन्यो । दललाई नै सोध्नुहोला । तर दलले नभनेपनि मैले राजिनामा दिन्छु नै हो । दल भन्दा त संविधान ठुलो हो नी । किन भने संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म जाँदा सबै कुरा लेखिएको छ । त्यसमा लेखिएको छ कि प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भनेको छ र त्यसमा एक महिला अनिवार्य भनेको छ । संविधानले बोलिसके पछाडि अहिले संविधानलाई कार्यान्वयन गराउनु पर्ने अवस्थामा पुगेका छौं । सभामुख पद रिक्त छ, म त्यहि दलले उम्मेद्वार बनाएर उपसभामुख बनेको र अव सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि मैले मार्ग प्रशस्त गर्छु भनेको थिए र अहिलेपनि भनिरहेको छु । दलले राजिनामा देउ नभनिकन पनि मैले दिनुपर्छ कुन अर्थमा संविधानले मलाई भनेको छ नी । संविधानले सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि स्वतः निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा मैले राजिनामा दिन्छु भनेर तयारी अवस्थामा बसेको थिए । तर सत्तापक्षले निर्देशन जारी गरेको छ अरे तर त्यो जारी गर्न मिल्दैन् ।
अव यदि त्यसो हो भने के कति कारणले तपाई सभामुखको लागि योग्य ? दलले किन तपाईलाई योग्य देखेन ?

दलले योग्यता किन देखेन भन्ने जवाफ दलसँग नै छ होला । तर म किन योग्य छु भने सन्दर्भमा म अहिले उपसभामुख भएर काम गरेको २ वर्ष वित्न लाग्यो । हुन त म प्रतिनिधि सभामा आएको पहिलो पटक नै हो । म पहिले उपसभामुख बन्न जान्न भनेकै हो दललाई तर जानुपर्छ भनिसकेपछाडि नोमिनेसन गर्न एकदम छोटो समय थियो र नोमिनेसन गरे र उपसभामुख निर्वाचित भए । आफ्नो इच्छा नहुदा नहुदै त्यो गरिएको थियो । त्यो किन गरियो भने आवश्यकता त्यो परेछ । मेरो इच्छाले उपसभामुख बनेको होइन म यो कुरा फेरी दोहो¥याउँछु । आवश्यकता प¥यो भनेर पार्टीले भन्यो मैले ग¥यो । अहिले पनि मेरो इच्छा होइन तर आवश्यकता हो । आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटना संग जोडिनुभयो उहाँ निस्किनुभयो । उहाँले यहाँबाट राजिनामा गरेपछाडि म उपसभामुख मैले केही बदमासी काम त गरेको छ छैन् । मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष वित्यो अव ३ वर्ष बाँकि छ । अवको तीन वर्ष पुरा गर्न मैले किन नपाउने । म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याई त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रस्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ मिल्छ ? यो कारणले गर्दा म सभामुख पदको दावेदार हुँ । यो स्वभाविक हो नी उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन । क्षमताको हिसाब गर्नुहुन्छ भने पनि क्षमतामा पनि कुनै कमि छैन भन्ने पनि हो । त्यसैले सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो ।

अनि सभामुख पदको लागि तपाईलाई योग्य पनि नदेख्ने, दलले उम्मेदवार पनि छान्न नसक्ने संसद त्यसैकोे बन्धक कहिले सम्म बनिरहनुपर्ने । संसद कहिले खुल्छ । संसदको सर्वोच्च पदमा तपाई नै हुनुहुन्छ भनेपछि यो प्रश्न फेरी तपाईलाई नै सोधे अव संसद कहिले खुल्छ ?

तपाईले सोध्नु स्वभाविक नै हो । सारा नेपालीको चासोको विषमा पनि हो नि यो । किन गर्न सकेन दलले हो । तर म यहाँ सबैको केन्द्र विन्दुमा स्वभाविकै हो नि त । यो संस्थाको प्रमुखको हैसियतले अहिले प्रतिनिधि सभामा सभामुख हुनुहुन्न र सभामुख नभएपछाडि उपसभामुखले नै नेतृत्व प्रदान गरेको छ । संविधानअनुसार प्रतिनिधि सभाको नेतृत्व गर्ने ठाउँमा अहिले म छु । यो अर्थमा यो हिसाबले केन्द्रविन्दुमा रहनु स्वभाविक नै हो । व्यवस्थापिकाको प्रमुख भूमिकामा रहेको व्यक्तिलाई केन्द्रमा नराखेर कसलाई राख्ने त ? अव संसद कहिले खुल्छ कसरी सुचारु हुन्छ भन्ने सन्दर्भ सबै दलसँग जोडिएको विषय हो । म प्रतिनिधि सभाको उपसभामुख र नेतृत्व गरेको हैसियतले यति सम्म भन्न सक्छु दलले आफ्नो निकास निकालेर ल्याउनु प¥यो । मैले त दलले लिएर आउँछ र प्रकृयालाई अगाडि बढाइदिने मैले हिजो पनि भनेको थिए नी ।

त्यसैलाई हेर्दाखेरी तपाईले पहिला राजीनामा दिदा खेरी दलहरुलाई अझै सहज हुन्थ्यो कि ?

मैले राजीनामा कतिबेला दिन्छु भन्ने कुरा तपाईलाई बताइसके । संविधानले प्रतिनिधि सभा खालि रहन्छ नेतृत्व विहिन हुन्छ भनेर परिकल्पना नै गरेको छैन् । नेतृत्व प्रदान गर भनेर मलाई सपथ खुवाएको छ । मैले संविधानको भावना अनुरुप काम गर्छु भनेर सपथ लिइसकेको छु । काम गरिरहदा खेर कसैको डर नमानिकन काम गर भनेर मलाई भनेको छ नि त । म किन डराउने, जे सपथ लिएको छु म त्यहि काम गरिराखेको छु । र मलाई संविधानले जे निर्देशित गरेको छ त्यो गर्छु नी । त्यहाँबाट दाया बाँया म किन गर्ने । त्यसैले संविधानले मलाई जे भनेको छ म त्यहि काम गर्छु । र मैले राजिनामा कतिबेला दिन्छु भने जतिबेला दलले आफ्नो उम्मेद्वार तयार गरेर मैले तयार गरे निर्वाचन प्रकृया अगाडि बढाउँ भनेर सन्देस म कहाँ आउनु पर्छ । जसरी पुस २७ गतेको बैठकलाई माघ ६ गते पछाडि सारौं न भनेर नेकपा दलले आग्रह ग¥यो । ठिक छ भनेर प्रमुख प्रतिपक्ष दलसँग पनि समन्वय गरेको थिए । मैले ५ गते गरौं भन्दा ६ गते गरौं भनेर भन्नुभयो दलहरु सँग समन्वय गरेका हामी काम गछौं । उपसभामुखको हैसियतले मैले त्यो काम गर्छु मैले र गरेपनि । अव मैले राजिनामा कतिबेला दिन्छु भने दलले उम्मेदवार तयार गरेर ल्याउँछ । बैठक मैले ६ गते १ बजे बोलाएको छु । एक बजे अगाडी हामी बानेश्वरमा हुन्छौं । म सँग सबै तयार अवस्थामा हुन्छ । बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नुहुन्छ र उहाँलाई मैले मेरो राजिनामा उहाँलाई दिन्छु । उहाँले बैठकको अध्यक्षता गर्दा उहाँले पढेर सुनाउनुहुन्छ र त्यस पछि म एक सांसद मात्र हुन्छु । यो प्रकृया अपनाउँछु । जतिवेला संसद एकदम छोटो केहि मिनेट मात्र खालि हुन्छ । दिनको त कल्पनै नगरौं । म यसरी जान्छु । यो कुरा मैले सार्वजनिक रुपमा भनेको छु । यो भनेको संविधानले मलाई यो गर भनेर भनेको छ । अनि किन दायाँबायाँ गर्ने ।

त्यसोभए अव तोकिएको समयमा संसद बैठक बस्छ ? अब हामीले सभामुख उपसभामुख पाउँछौं । त्यो भन्दा अगाडि तपाईको राजिनामा आउँछ । र अव फेरी संसद यसै गरी अवरुद्ध हुने, बस्दै नबस्ने अथवा बन्दक बन्दैन म गलत छु या सहि छु?

त्यो कन्डिसनमा मात्रै राजिनामा आउँछ । तपाईले भने जस्तो अगाडि राजिनामा आउँछ त्यो गलत हो । राजिनामा आउँछ । राजिनामा गर्छु भनेर सार्वजनिक रुपमा सबैभन्दा पहिले बोल्ने म हो । मार्गप्रशस्त गर्छु भनेर भनेकै छु त मैले । प्रतिनिधि सभालाई सहज तरिकाले अगाडि बढ्ने बाटो खोल्ने जिम्मेवारी त मेरो हो नी । तर राजिनामा दिदा खेरि पनि तपाईले भने जस्तो अगाडि दिन्छु सबै खालि हुन्छ अनि यस्तो होला भनेर कल्पना नगरे हुन्छ । मैले भने एकदमै छोटो समय मात्रै नेतृत्व विहिन हुन्छ ।

बाहिरबाट कत्तिको दवाव झेलिरहनु भएको छ ?

मलाई कसैले केही पनि भनेको छैन ? मात्रै धेरै मैले के सुनेको छु भने तपाईले कम्तिमा पनि दलहरुले दवाव दिएपनि दल भित्रको नेतृत्वले दिएपनि तपाईले आफ्नो अडान छोडनु भऐन सहि काम गर्नुभएको छ यो एउटा स्वतन्त्र संस्थालाई तपाईले निरन्तर नेतृत्व प्रदान गर्नुस भन्ने क’रा आइराखेको छ । यो संस्था प्रतिको माया हो । प्रतिनिधि सभा प्रतिको माया हो । यो प्रतिनिधि सभा भनेको ऐन कानुन निर्माण गर्ने थलो हो । जसलाई सबैले माया गर्नु भएको छ । त्यसैले सबैलाई मैले मार्ग प्रसस्त गर्छु भनेको छु र यसैलाई जोडदै उहाँहरुले के भन्नु भएको छ भने ठिक छ अव दलले पनि निकास दिनु पर्छ भन्नु भएको छ ।

अन्त्यमा नेकपा सचिवालय बैठकले गरेको निर्णयको आधिकारीक जानकारी तपाईसम्म आएको छ कि छैन ?

Advertisement

पठाएको छ रे तर मैले त्यो बुझेको छैन् । धन्यवाद् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top