आगलागीसँग जुधिरहेको अस्ट्रेलियामा वर्षा भएपछि केही राहत महसुस

३ माघ, एजेन्सी । आगलागी र खडेरीसँग जुधिरहेको पूर्वी अस्ट्रेलियामा शुक्रबारदेखि वर्षा भएपछि केही राहत महसुस गरिएको छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ ।

सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीका कारण लाखौँ वन्यजन्तु र पशुपन्छी मारिएका छन् ।

Advertisement

वन्यजन्तु र सुन्दर समुद्री किनारका लागि प्रसिद्ध अस्ट्रेलियाको झण्डै एक लाख तीन हजार वर्ग किलोमिटर भूभागमा आगो फैलिएको छ । २५ सय घर आगोमा जलेर ध्वस्त भएका छन् ।

आगलागीले सबैभन्दा बढी प्रभावित भिक्टोरिया, न्यु साउथ वेल्स तथा क्वीन्सल्याण्ड राज्यमा केही राहत दिए पनि पूर्ण रुपमा आगो भने ननिभेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

त्यहाँको मौसम विभागका अनुसार केही दिनसम्म न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा भीषण हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ । वर्षाले अग्नि नियन्त्रण कर्मचारी र किसानलाई राहत दिए पनि केही ठाउँमा बाढी र रुखहरु पनि ढलेका छन् ।

वर्षाले डढेलोका कारण धुमिल भएको अस्ट्रेलियाको आकाश सफा भएको छ। तर पनि शुक्रबार सिड्‌नी, क्यानबेरा र मेलबर्न विश्वका सबैभन्दा बढी प्रदूषित एक सय शहरमा परेका थिए ।

आगलागीका कारण अस्ट्रेलियाली अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ । अस्ट्रेलियाली अर्थतन्त्रको मुख्य आधार मानिने पर्यटन क्षेत्रमा आगलागीका कारण झण्डै एक अर्ब अमेरिकी डलर घाटा भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top