चीनमा कोरोना भारसका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो, वुहान शहरमा स्थानीयलाई यात्रा गर्न प्रतिबन्ध

९ माघ, एजेन्सी । चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको प्रकोपलाई रोक्नको लागि अधिकारीहरुले यस्तो प्रतिबन्ध लगाएका हुन् ।

वुहान शहरबाट नै कोरोना भाइरस फैलिन सुरु भएकोे थियो । यो भाइरसबाट अहिलेसम्म कम्तीमा १७ जनाले ज्यान गइसकेका छन् भने चीनमा पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् । बिहीबार बिहानबाट लगाइएको यो प्रतिबन्धपछि शहरी बस, ट्रेन, सबवे, विमानस्थल बन्द गरिएका छन् ।

Advertisement

वुहान शहर पूर्णरुपमा बन्द गरिएको छ भने होटल र रेस्टुरेन्टलाई ठूला कार्यक्रमको आयोजना नगर्न तथा पुस्तकालय, सङ्ग्रहालय र नाटकघरलाई प्रदर्शनीको आयोजना नगर्न अधिकारीहरुले सचेत गराएका छन् । स्थानीयहरुलाई अत्यावश्यक काममा मात्र बाहिर निस्कन भनिएको छ । यसका साथै शहरका नगरपालिका सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थानमा सबैलाई मास्क लगाउन सचेत गराएको छ ।

अहिलेसम्म चीनबाहेक अमेरिका, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

Advertisement

’सि फुड’ पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top