अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

१० माघ ७६, शुक्रबार
Share this
731shares

१० माघ, काठमाडौं ।
सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।

Advertisement

अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्न मागसहित सापकोटाविरुद्ध रिट दायर गरेको सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन्।

उनले रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेको त्रिपाठीले बताए। उक्त मुद्दाको पेशी आइतबार तोकिएको पौडेलले जानकारी दिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top