सर्वाेच्चका न्यायाधिस भन्छन्,‘सबै विवाद मेलमिलापमा लैजान हुँदैन ’

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताएका छन् ।

वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिस खतिवडाले सबै मुद्दाहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताएका हुन् । उनले भने ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रकृयामा ति कुराहरुलाई पठाउनु हुँदैन त्यो प्रकृयाबाट संवोधन हुन दिनु हुँदैन तर सामान्य किसिमका विवादहरु मेलमिलाम प्रकृयाबाट टुङ्ग्याउनु असल हुन्छ ।’

उनले न्यायोचित समाधान दिन मेलमिलामकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने समेत बताए ।

Advertisement

त्यसका लागि दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन उनले आग्रह गरे । उनले भने ‘मेलमिलापले जहिलेपनि दिएको समाधान न्यायोचित हुनुपर्छ दुईवटा पक्षको सन्तुष्टिको विषय बनाए ।’ यसलाई मोनिटरी विषयबाट माात्र नहेरेर मेलमिलाम कर्ताले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने बताए ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्यमप्रसाद पाण्डेले कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताए । उनले समस्याको समाधानको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताए ।

Advertisement

उनले भन्नुभयो ‘मेलमिलाप यो नयाँ संहिताहरुमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई तीन वटा कुराहरु छन् त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहज रुपमा अगाडी लैजानको निम्ति समाजमा झगडाको वातावरण होईन मेलमिलापको वातावरण चाहिन्छ ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा आउने समस्याहरुलाई मेलमिलापमा लैजादा प्रकृया लम्बिने हो कि भन्ने चिन्ता बढेको बताए । उनले सबै वैदेशिक रोजगार व्यवसायीहरु ठग्ने र रोजगारीमा जानेहरु ठगिने हुन भन्ने मानसिकता रहदा सम्म मेलमिलापकर्ताहरुमा चुनौति बढ्दै जाने बताए ।

महानिर्देशक भुषालले अहिले सम्म संस्थागत विवादमा नैतिक दवाव दिएर पनि समस्याको समाधान गरिदै आएकोमा अव मेलमिलापकर्ताहरुलाई प्रमाणहरु जुटाएर मेलमिलाप गराउने चुनौति रहेको बताए । कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top