×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

राष्ट्रपति भण्डारीबाट पुनःनिर्माण भइरहेका सम्पदाहरुको अवलोकन

२५ माघ २०७६

२५ माघ, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान रानिपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दीर, धरहरा, सुन्धारा क्षेत्र, काण्ठमण्डप र हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । पूनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाललीले बताए । भूकम्पपछिको पूर्ननिर्माणको कामले द्रुत रुपमा गति लिएको उनले बताए । सम्पदाहरुको पूर्ननिमार्णको काम तोकिएको अवधिभित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउँदै उनले महानगरपालिका, स्थानीय समुदाय र पुरातत्वविभाग सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

Advertisement
Advertisement

आगामी वैशाखसम्म काम सपन्न गर्ने लक्ष्यका साथ रानीपोखरी पूर्ननिर्माण भइरहेको छ । पहिलो चरणमा रानीपोखरी पूर्ननिर्माण समितिले पोखरीको पिँध र पोखरी वरिपरिको पर्खाल निर्माण गरिरहेको छ । गत वर्षको चैत ११ गतेबाट सुरु भएको कामको सम्पूर्ण लागत ९ करोड ५४ लाख ३७ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी बालगोपालेश्वर मन्दीर, पुल तथा सौन्दर्यकरणका अन्य कामहरुका लागि सी.एम ÷ तुलसी जेभीले जिम्मा पाएको छ । २०७६ असार २४ गतेबाट काम सुरु भएको थियो । कुल लागत १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ रहेको छ । देस्रो चरणमा जमल र शान्तिबाटिकामा सौन्दर्यीकरणका कामहरु गरिनेछ । रानीपोखरी पूर्ननिर्माणका क्रममा कुन शैलीमा निर्माण गर्ने भन्ने विवाद उत्पन्न हुँदा निर्माणमा केही केही ढिलाई भएको थियो । पछि ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएपछि काम सुरु भएको थियो ।

राष्ट्रपतिले शनिबार नै दरबार हाइस्कुलको पनि अलोकन गरेकी छिन् । दरबार हाइस्कुलमा चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपतिलाई स्वागत गरेकी थिइन् । चीन सरकारको सहयोगमा पूर्ननिर्माण भइरहेको हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछि क्षति पुगेको हाइस्कुलको रेट्रोफिटिङ गर्ने योजना रहेपनि सम्भव नभएपछि पूर्ननिर्माण नै थालिएको थियो । ८५ करोड ५९ लाख लागतमा निर्माण सुरु गरिएको थियो । जम्मा ६० वटा कक्षाकोठा रहेको भवनमा ३० कक्षाकोठामा विद्यार्थी राखिने छ । बाँकी ३० वटा कक्षाकोठामा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइटी ल्याब राखिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यालय पूर्णतः आइटीमा आवद्ध गरिएको बताए । जम्मा ४० वटा सिसी क्यामेरा जडान गरिएको छ । भानु माध्यामिक विद्यालय र कक्षा ६ देखि १२ सम्म संस्कृत तर्फको अध्ययन हाइस्कुलबाट हुँदै आएको छ । १ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बैसाख १२ गते भित्र नै उद्घाटन गर्ने तयारी रहेको सचिव दाहालले बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी, दरबार हाइस्कुलसँगै धरहराको पनि राष्ट्रपतिलाई अवलोकन गराईएको छ । वैसाख १२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहरा निर्माणको काम द्रुत गतिमा अगाडी बढिरहेको छ । हरेक एक हप्तामा एक तला थप्ने योजनाका साथ काम भइरहेको छ । धरहरा सातौ तला निर्माण भइरहेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएपनि भित्रबाट २२ तलाको हुने छ ।

काष्ठमण्डप पूर्ननिर्माणको काम पनि द्रुत गतिमा अगाडी बढेको छ । काष्ठमण्डप पूर्ननिर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । २०७५ वैशाख १८ गते उपभोक्ता समिति गठन गरी निर्माणको काम सुरु गरिएको थियो । कुल ९९ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएको काष्डमण्डप पूर्ननिर्माणका लागि १७ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाले पूर्ननिर्माणका लागि १० करोड बढी सहयोग गरिसकेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top