यात्रुमा कोरोना भाइरसको संक्रमण पाइएपछि पानीजहाज नै क्वारेन्टाइनमा

२८ माघ ७६, मंगलबार
Share this
700shares

२८ माघ, एजेन्सी
जापानमा एउटा पानीजहाज भित्रका यात्रुहरू कोरोना भाइरसबाटसंक्रमित भएको पाइएपछि पानीजहाज नै क्वारेन्टाइनमा राखिएको छ ।झन्डै २५ सय यात्रु रहेको जनाइएको डायमन्ड प्रिन्सेस क्रुजसिपलाई क्वारेन्टाईनमा राखिएको हो ।

Advertisement

उनीहरुलाई दैनिक ६ फिट वरपर मात्र हिँड्न दिइएको छ । उनीहरू बसेको तलामुनि चालक दलका सदस्यसहित एक हजार जना रहेको बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म पानी जहाजमा रहेका १३५ यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । तीमध्ये कम्तिमा पनि २० जना अमेरिकी नागरिक हुन् । चीनको वुहानपछि एकै ठाउँमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको ठाउँ यही पानीजहाज भएको बताइएको छ ।

Advertisement

चालक दलकै १० जना पनि संक्रमित छन् । सबैको परीक्षण गर्न नसक्दा पानीजहाजमा कति जनालाई संक्रमण छ भने यकिन नभएको जनाइएको छ । पानीजहाज फेब्रुअरी ४ देखि दुई सातासम्म क्वारेन्टाइनका लागि ओकोहामा बन्दरगाहमा राखिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top