एमसीसीको विषयमा जथाभावी नबोल्न भीम रावलको चेतावनी

४ फागुन, काठमाडौँ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावि नबोल्न चेतावनी दिएका हुन् ।

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भिर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहिन हुने बताए ।

केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफुहरुले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए । उनले भने ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भिर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहित हुन्छ ।’

कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनले बताए ।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको खुलासा गरे । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उनले बताए । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए ।

कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताहरुको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे । पहिले जानकारीमा नआएका कुराहरु पनि अध्ययनका क्रममा आएकाले समय लागेको उनको भनाई छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top