×

NEPAL TIMES UPDATES

Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026
Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026
Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026
Playing
आज सदनमा प्रधानमन्त्री नआए के हुन्छ ? || Nepal Times
May 14, 2026
Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026

योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन गरौं : राष्ट्रियसभा अध्यक्ष

६ फाल्गुन २०७६

६ फागुन,काठमाडौँ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति निर्माणमा पु¥याएको योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्ने बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधि निर्माण र कार्यान्वयन परीक्षण तथा मूल्याङ्कन सम्बन्धमा प्रकाशित गरेको पुस्तिकाको मंगलबार सिंहदरबारमा विमोचन गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको मूल्याङ्कन नीति निर्माणमा गरेको सहभागिताका आधारमा गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए ।

उनले सांसदहरु नीति निर्माणमा भन्दा बढी समय आफुले जनतासँग प्रतिवद्धता गरेका आयोजना बजेटमा समावेस गर्न मान्त्रालयका कोठाकोठामा खर्च गर्ने गरेको बताए । उनले भने ‘अहिले नीति निर्माण पनि विकास पनि सम्पूर्ण कुरा हामी नै गछौं भन्ने छ विकासको कुराहरु योजना बनाउनेकुरामा, नीति निर्माण गर्ने कुरामा हाम्रा भूमिका हुने हो तर हामी त्यो भन्दा धेरै मसिनो तहमा पनि जाने गरेका छौं । अझ अहिले त हिंउदे सेसन भएको हुँदा अलि धेरै माननियहरु बानेश्वर तिर हाउसमा देखिनुहुन्छ होला चलिरहेको बेलामा बजेट अधिवेसन, वर्षे अधिवेसन भयो भने त त्यहाँ हाजिर ग¥यो अनि सबै कहाँ हुनुहुन्छ भन्यो भने मन्त्रालयका कोठाकोठामा, दर्ता चलानि देखि सविच, मन्त्री सम्मको टेबुलमा, कोठाकाठा, भ¥याङ¥याङमा भेटिनुहुन्छ ।’’उनले चुनावको बेलामा नीति निर्माणमा समय दिन्छु भन्ने वचनवद्धता गरेर निर्वाचित भएर आउने सांसदहरु पाउनै कठिन रहेको बताए । त्यसैले सांसदहरुको मुख्य काम नीति निर्माण हुने भएकाले चुनावमा समेत नीतिनिर्माण गर्छु भनेर आउने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

Advertisement
Advertisement

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समाज र संसदको सम्बन्ध घनिष्ट बनाउन पनि सांसदहरुको ध्यान सबैभन्दा बढी नीति निर्माणमा हुनुपर्ने बताए । उनले ऐन निर्माण पछि ऐनको उद्देश्य पुरा भयो कि भएन या त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा पनि मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहको बताए । ऐन कानूनहरुको कार्यान्वयन, मूल्याङ्कन र अडिट भएमात्र संसद र जनताबीचको अन्तरसम्बन्धलाई घनिष्ट बनाउन सकिन्छ भन्ने विषय पुस्तिकामा समावेस भएको उनले बताए ।

कार्यक्रममा सांसद दिनानाथ शर्माले संसदबाट निर्माण भएका कानूनहरुको समिक्षा संसदिय समितिहरुले गर्नुपर्ने बताए । उनले कानून बनाउनुभन्दा पहिले हाम्रा कानून कस्तो हुने भन्ने विषयमा छलफल भएजस्तै कानून निर्माण पछि कसरी कार्यान्वयनमा रहेको छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने बताए । सांसद सुरेन्द्रराज पाण्डेले पैसाको कुरामा हरेक संस्थामा अडिट भएजस्तै कानूनको समेत अडिट हुनुपर्नेमा जोड दिए । उनले विधायन व्यवस्थापन समितिले प्रकाशित गरेको पुस्तिकामा समयसमयमा ऐनको अडिट हुनुपर्छ, मूल्याङ्कन हुनुपर्छ भन्ने कुरा आएको उल्लेख गर्दै यो विषय महत्वपूर्ण भएको बताए ।

Advertisement
Advertisement

पूर्व सांसद खिमलाल देवकोटाले कानून निर्माताहरुको दायित्व के हुनुपर्छ भन्ने कुराको संकेत पुस्तिकाले गरेको बताए । नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले पुस्तिकाले कानून निर्माणको चरण मात्रै महत्वपूर्ण होइन भन्ने देखाएको बताए । ‘विधि निर्माण देखि कार्यान्वयन परीक्षण (कार्यान्वयन मापन सम्म’ विधायिकी चरणहरुका विषयमा विधायन व्यवस्थापन समितिले प्रकाशित गरेको यो पस्तिकामा ऐन कार्यान्वयन मापन, यसका विधि, प्रक्रिया र महत्व एवं केही अन्तर्राष्ट्रिय अभ्यासहरु समावेस गरिएको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top