छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

६ फागुन, मकवानपुर ।
छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउनआदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

२०७५ चैत २ गते १७वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेकाथिए । त्यसपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्त कहाँ गएकी थिइन् ।

उनले उक्त घटना आफन्तलाई भनेपछि चैत ११ गते बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गएको तथा घरमा सानीआमा रहेको बताइएको छ । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.