×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्वाचन आयोगले सुरु गर्यो मतदाता शिक्षा अभियान

६ फाल्गुन २०७६

६ फागुन,काठमाडौँ ।
निर्वाचन आयोग नेपालले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेद्वारलाई मत दिन सक्षम बनाउने उद्देश्ले चौथो निर्वाचन दिवसका अवशरमा अभियान सुरु गरिएको हो ।

आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धि स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ । युएनडिपी इएसपीको सहयोगमा १७ प्रकारका निर्वाचन शिक्षा सम्बन्धि पुस्तिका सार्वजनिक गरिएको हो । समुदायमा आधारित संघ—संस्था मार्फत निर्वाचन तथा मतदाता शिक्षालाई अगाडी बढाउन पहिलो तहका लागि रातो रंगमा मतदान, मतदाता नामावली, लोकतन्त्र, समावेदशीता र निर्वाचन गरी पाँच वटा पुस्तक प्रकाशन गरिएको छ ।

Advertisement
Advertisement

त्यसैगरी दोस्रो तहका लागि प्याजी रंगमा ६ वटा पुस्तक प्रकाशन गरिएको छ । निर्वाचनको महत्व, मतदानको महत्व, मतदाता नामावलीमा नाम दर्ता, निर्वाचन र राजनीतिक दल, समावेशी निर्वाचन, परिवर्तन र निर्वाचन सम्बन्धि संवैधानिक व्यवस्था शीर्षकमा पुस्तक प्रकाशित गरिएको छ । यस्तै तेस्रो तहमा निलो रंगमा ६ वटा पुस्तकहरु निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र सामुदायिक संस्थाको भूमिका, नेपालको निर्वाचन प्रणाली, निर्वाचन र निर्वाचन चक्र, लोकतन्त्रका लागि निर्वाचन र समावेशीकरण शीर्षकका पुस्तिका प्रकाशन गरिएको छ ।

प्रकाशित पुस्तिकाहरुले निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । निर्वाचन शिक्षा र निर्वाचनको महत्व आम नागरिकलाई बुझाउन नसकिएको भन्दै आलोचना भइरहेका बेला पुस्तिकाहरु प्रकाशित गरिएको उनले बताए ।

Advertisement

आयोगले निर्वाचन र मतदाता सम्बन्धि विषयमा जानकारी गराउन र आफ्नो मताधिकार र मतको महत्व बोध गराई निर्वाचनमा आफ्नो सहभागिता जनाउन ‘एक भोट’ नामक लघु चलचित्रको निर्माण गरी प्रशर्दन पनि थालेको छ । लघु चलचित्रले निर्वाचनका समयमा हुनसक्ने अवाञ्छित कृयाकलापहरुबाट निर्वाचनलाई के कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने सन्देश प्रदान गर्ने उनले बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top