मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रधानमन्त्रीको एन्जियोग्राफी

६ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनरी एन्जियोग्राफी गरिएको छ । उनको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कोरोनरी एन्जियोग्राफी गरिएको हो ।

Advertisement

मनमोहन कार्डियोथोरासिक सेन्टरमा मंगलबार बेलुका उनको मुटु परीक्षण गरिएको हो.डा. अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको मुटुको सामान्य परीक्षण मात्रै गरिएको दाबी गरे। उनले भने,‘प्रधानमन्त्रीको अन्य अंग झैं मुटुको पनि सामान्य परीक्षण गरिएको हो। उहाँ अहिले साढे ८ बजे निवास फर्कनुहुन्छ। भोलीको प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुनुहुन्छ।’

Advertisement

प्रधानमन्त्री ओलीले केही समय अघि सम्पादकहरुसँगको छलफलमा छिट्टै आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए। त्यसैको तयारी स्वरुप मुटुको परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top