उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

७ फागुन, उदयपुर ।
उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राती पौने ८ बजे त्रियुगा नगरपालिका–११ का २२ बर्षीय प्रशान्त राई र वडा नम्बर १२ का १८ बर्षीय रुपम लिम्बुलाई फेनारगन १९ एम्पुल, डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागुऔषध सहित सिदार्थ टोलबाट पक्राउ गरेको हो ।

यसैगरी राती साढे १० बजे त्रियुगा नगरपालिका–११ पिपल चोकबाट स्थानीय १८ बर्षीय राउल श्रेष्ठ २० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । गस्तिमा खटिएको प्रहरी टोलीले ३ जनालाई नै लागुऔषध सहित पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.