रोजगारी सृजनाका लागि आवश्यक नीति बनाईने

५ चैत ७४, मंगलबार

काठमाडौं, चैत ६
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारी सृजनाका लागि आवश्यक नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री विष्टले रोजगारी सृजनाको आधार तय गर्न सरकारले गम्भिरताका साथ अध्ययनको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।

Advertisement

मंगलबार आफ्ना भावी योजनाबारे संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै उनले बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै लैजाने योजना पनि अघि सारे । मन्त्री विष्टले मुलुकमा विद्यमान स्रोत र साधनको उचित परिचालन गरी रोजगारी सृजनाको आधारको खोजी हुने तर्क पनि गरे ।

उनले श्रममैत्री कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिने पनि बताए । मन्त्री विष्टले वैदेशिक रोजगारलाई सरल, पारदर्शी र विश्वसनीय बनाउने गरी विद्यमान ऐनलाई सामयिक बनाउने घोषणा पनि गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top