३७ करोड कर छलीमा जेलमा रहेका उद्योगीले न्यायाधिकरणमा अपिल गरे, उद्योग सञ्चालन हुने

१४ फागुन ७६, बुधबार

१४ फागुन, वीरगंज ।
पर्साका दुई मदिरा उद्योगी दाजुभाई शुम्भु प्रसाद कलवार र ओमप्रकाश कलवारले राजस्व विभागको न्यायाधिकरणको कार्यालयमा पुनरावेदन गरेका छन्।

Advertisement

हाल उनीहरु दुबैजना वीरगंज कारागारमै कैद भुक्तान गरिरहेका छन् ।

आन्तरिक राजस्व कार्यालय पर्साले गत असोजमा अन्तशुल्क हिनमिनामा ३७ करोड २७ लाख दण्ड, जरिवानासहित १ वर्षको कैद सजाय निर्णय गरेपछि कैद सजाय भुक्तान गरिरहेका दुबै दाजुभाई यसअघि दुईवटा निकायबाट मुद्दाको पुनरावेदनमा असफल भएका छन्।

Advertisement

तेस्रो प्रयास स्वरुप उनीहरुले राजस्व विभागको न्यायाधिकरणको कार्यालयमा पुनरावेदन गरेको बुझिएको छ ।

वीरगंज रामगढवामा रहेको उदयपुर डिस्टीलरीले अन्तशुल्क हिनामिना गरेको भन्दै अन्तशुल्क,आयकर र भ्याट गरी कुल ३१ करोड र पोखरीयाको बसतपुरमा रहेको जयश्री धौलागिरी डिस्टीलरीले ६ करोड २७ लाखको कर छली गरको भन्दै कुल ३७ करोड २७ लाखको कर, जरिवानासहित १ वर्षको कैद सजाय तत्कालिन आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाको ईजलाशले फैसला सुनाएको थियो ।

Advertisement

त्यसपछि कलवार दाजुभाईले सर्बोच्च अदालतमा गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षिकरणको रिट दिएको थियो ।

सर्वोच्च अदालतले मुद्दा दरपिठ नगरेपछि आन्तरिक राजस्व विभागमा पनि अभियुक्तका वारेसहरुले पुरनावेदन दिन गएको तर अन्तशूल्कको हकमा विभागले पनि पुनरावेदन लिन नमानेपछि आन्तरिक राजस्व विभागकै न्याधिकरणको कार्यालयमा पुनरावेदन गरिएको र त्यसै उपर सुनुवाई भइरहेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख कर अधिकृत सुनिलप्रसाद यादवले बताए ।

उनका अनुसार दुबै उद्योग खोल्ने आदेश आएकोले उद्योगको उत्पादन खोल्ने अनुमति दिएको तर मुद्दाको हकमा न्याधिकरणको कार्यालयको अन्तिम फैसाला नआएकोले अभियुक्तहरुको बारेमा कुनै टुंगो नलागेको प्रष्ट पारे ।

उनका अनुसार न्यायाधिकरणको कार्यालयले २ वर्ष भित्र मुद्दा टुङ्ग्याउने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top