घोषणा अघिनै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल समुह

१५ फागुन, काठमाडौँ । आज घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन् । एक सञ्चारमाध्यमसंगको कुराकानीमा खरेलले अहिलेका लागि समूहमा नरहने बताउँदै घोषणासभामा उपस्थित नहुने बताएका छन् । ज्ञानेन्द्र शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् ।

पूर्व्निर्धा्रित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा त्यहीअनुसार अघि बढ्ने खरेलले बताए। बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top