राष्ट्रपतिबाट प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२० फागुन, काठमाडौं ।
पुनः मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यलाभको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् ।सोमबार प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् र, उनको भोलि विहान ९ बजे प्रत्यारोपण गर्ने तयारी छ ।

प्रधानमन्त्रीलाई स्वदेश तथा विदेशबाट स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top