सामाजिक सेवा एकाइ स्थापना

९ चैत ७४, शनिबार

इलाम, चैत १०
गरीब, असहाय लगायत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन इलाम अस्पताल इलाममा सामाजिक सेवा एकाइ स्थापना भएको छ ।

Advertisement

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो एकाइ स्थापना गरिएको हो । सरकारले आर्थिक वर्ष ०६९÷७० देखि जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा एकाइ राख्ने निर्णय गरेको थियो ।

यस वर्ष इलाम अस्पतालसहित देशका अन्य सोह«वटा अस्पतालमा एकाइ स्थापना गरिएका छन् । यसअघि अन्य आठ अस्पतालमा एकाइ स्थापना भइसकेको जनाइएको छ ।

Advertisement

यो सेवा उपलब्ध गराउन थालेपछि सरकारले इलाम अस्पताललाई चालु आर्थिक बर्षको लागि ९ लाख ५९ हजार रुपैंयाँ बजेट बिनियोजन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top