मोरङ प्रहरीको सुरु गर्याे ‘प्रहरीको साथी म’, नि:शुल्क मास्क र स्यानेटाइजर वितरण

९ चैत ७६, आइतबार
Share this
758shares

९ चैत्र, विराटनगर ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरीको साथी म कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगर १६ स्थित जोगवनी बोर्डरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विराटनगरका युवा अभियान्ता पेरिस सुवेदीलाई ब्याज लगाई अभियानको उद्घाटन गरेका थिए ।

Advertisement

सो क्रममा उपरीक्षक अधिकारीले कोरोना भाईरसले विश्वब्यापी महामारीको रूपमा विश्वलाई नै आक्रान्त पारेको यस संक्रमणकालमा प्रहरी र जनतालाई सो संक्रमणबाट बचाउन यो अभियानको शुरूवात गरिएको बताए । त्यस्तै उनले यस कठिन परिस्थितिमा राज्यका सम्पूर्ण निकाय साथसाथै नागरिक समुदाय समेत कोरोना भाईरस बिरूद्ध लड्न एकजुट हुनुपर्ने भएकोले त्यसको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले युवासँगको सहकार्य गरेको बताए ।

Advertisement

त्यस्तै युवा अभियन्ता पेरिस सुवेदीले मास्क स्यानिटाईजर निशुल्क बितरण गर्ने कार्यमा आफु निरन्तर रूपमा लागि रहेको तथा अव यस अभियानमा आफुलाई समेत समेटेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रति आभार प्रकट गर्दै अभियानलाई सार्थक तुल्याउन संयुक्त रूपमा कार्यक्रम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा सीमामा आवतजावत गर्ने ३ सय भन्दा बढि सर्वसाधारणलाई निशुल्क स्यानिटाइजर तथा मास्क बितरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top