बुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक महोत्सव हुने

१० चैत ७४, शनिबार
Share this
637shares

विराटनगर, चैत १०
यही चैत १५ गतेदेखि मोरङको बुढीगंगा गाउँपालिकामा ,बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव आयोजना हुने भएको छ । वुढीगंगाको पहिचान हाम्रो अभियान भन्ने नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ मेला आयोजना गरिने भएको हो ।

Advertisement

समाज विकास केन्द्र नेपालद्धारा आज विराटनगरमा पत्रकार सम्मेलन गरी यही चैत १५ गते देखि २५ गतेसम्म वुढीगंगा –३ गोकुवा चौकमा महोत्सव संचालन गर्ने जानकारी दिइएको हो ।

मेलामा ४९ वटा स्टल रहने जनाईएको छ । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा र भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन विक्री वितरणका लागि राखिने केन्द्रका अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताए ।

Advertisement

महोत्सवमा स्थानीय थारु , राजवंशीको मौलिक खाद्य परिकार समेत राखिने छन । महोत्सव संचालन गर्न ३८ लाख खर्च लाग्ने छ भने २ करोड रुपैया वरावरका कारोवार हुने आयोजकले अनुमान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top