×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अब एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर

१२ चैत्र २०७६

१२ चैत, काठमाडौँ । नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोभिड–१९ को असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो व्यवस्था गरिएको बताएको छ ।

बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागु गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्रीवितरण गर्नुपर्नेछ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्नेछ,’ पौडेलले भने, ‘उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग गर्न सक्नेछ ।’

Advertisement
Advertisement

ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण पनि नियमित परीक्षण गर्नुपर्ने उनले बताए । ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर निगममा पठाउन निर्देशन दिएको छ ।

‘अघिल्लो दिन बिक्रीवितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेहरिस्त विवरण प्रत्येक दिन बिहान १० बजेभित्र जिल्ला प्रशासान कार्यालय तथा निगममा पठाउन पनि निर्देशन दिएका छौं,’ उनले भने । निगमले ग्यास उद्योगको भण्डारणको जिम्मा गृहलाई दिइने जनाएको छ । आकस्मिक परिस्थितिजन्य माग धान्न भण्डारण गृहका रूपमा प्रयोग गरिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

‘भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशतसम्म हुने र एक महिनाभित्र उक्त कार्य पूरा गर्ने व्यवस्था मिलाइनेछ,’ विज्ञप्तिमा उल्लेख छ । अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले आफ्नो उद्योगको दुई दिनको सिलिन्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न पनि निगमले भनेको छ । यसरी राखिएको सिलिन्डर बिक्रीवितरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनबमोजिम गर्नुपर्नेछ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top