वीरगञ्ज–रक्सौल नाकामा झण्डै एक हजार भारतीय नागरिक अलपत्र

१७ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका झण्डै एक हजारको संख्यामा भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

काठमाडौं, पोखरा लगायतका स्थानमा मजदुरी, व्यापार गर्दै आएका उनीहरु घर फर्कन लागेका हुन् । नेपालका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई त्यहाँका प्रशासनले भारत पठाउनका लागि वीरगञ्ज पठाएको हो ।

नाकास्थित मितेरी पुलमै आइतबार मध्यरातदेखि रोकिएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ जान दिएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतमा २१ दिने लकडाउनको आव्हान गरिएको छ ।

Advertisement

बेतिया जानुपर्ने दिपक यादव सहित १० जनाको समूह छ । उनीहरुपनि नाकामा नै अलपत्र छन् । बिहार सरकारले आफूहरुलाई घर जान दिनुपर्ने माग उनीहरुको छ । भारतीय सीमा सुरक्षा बलले स्वास्थ्य परीक्षणका लागि भनी राति १० बजेदेखि नै लाईनमा लगाएपनि स्वास्थ्यकर्मी समेत नआएको गुनासो उनीहरुले गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले उनीहरुको व्यवस्थापनका लागि वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावाससँग समन्वय भइरहेको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top