भक्तपुरमा बारीको तरकारी सिधै उपभोक्ताको घरमा

२१ चैत ७६, शनिबार

२२ चैत्र, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति सृजना हुदै गएको छ ।

किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु भने उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन् । कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्याउने काममा जुटेका हुन् ।

उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने , संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याईनभ्याई छ । आफूहरुले टोल टोल पुगेर विक्रि गर्ने तरकारी बजार मुल्य भन्दा ३० प्रतिशत सम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ ।

Advertisement

तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मुल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताउँछन् । खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन् ।

Advertisement

अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसंग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको पनि उनले बताए । लकडाउनमा तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुल बहादुर नेमाफुकी ले बताए ।

तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसंगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १ ÷१ मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान सांझ उपभोक्ताको घर घरमा पुर्याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ । तरकारीमा विषाधी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ ।

अगुवा कृषक प्रेमनारायण अधिकारीले टोल टोलमा तरकारी पुराउने कामले किसानले पाउने मुल्य र उपभोक्ताले तिर्नुपर्ने मुल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाईदा पुगेको बताए ।

तरकारी टोल टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुर्याउने काममा जुटेको बताए ।

आफ्नै टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुसी देखिएका छन् । भक्तपुरका केही स्थानबाट सुरु गरिएको यो सेवालाई सबै तर्फ र सधै पुर्याउने व्यवस्था मिलाउन सक्ने हो भने तरकारीमा रहेको बिचौलियाको बिगबिगी सधैका लागि अन्त्य हुनुको साथै किसान र उपभोक्ता दुवै लाभान्वित हुनेछन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top