आगलागीबाट १५ लाख बराबरको क्षति

२३ चैत ७६, आइतबार

२३ चैत, तेह्रथुम ।

Advertisement

तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारा बस्ने सुर्य बहादुर लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । आईतबार बिहान ८ बजेको समयमा लिम्बुको ढुङ्गा माटोले बनेको २ तले घर २ वटा र गाईगोठमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर सहित घरमा भएको सम्पुर्ण कांठपात, खाद्यान्न, लत्ताकपडा समेत जलेर नष्ट भएको हो ।

उक्त आगलागीमा लिम्बुको गोठमा रहेका १० वटा बाख्रा र १ वटा सुँगुर समेत जलेर मरेका छन् । उक्त आगलागी प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे १० बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top