लकडाउन अवधिभर पूरानै पासबाट आवागमन गर्न पाइने

२५ चैत, काठमाडौँ । सरकारले लकडाउनको अवधिभर यसअघि जारी गरिएका पुरानै सवारी पासलाई नै निरन्तरता दिएको छ । गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा उत्पन्न भिडभाड नियन्त्रण गर्न यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सोमबार सरकारले दोस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउनको अवधि थपेको छ । यसअघि चैत ११ गतेदेखि गरिएको लकडाउन १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्मका लागि थपेको थियो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्यावश्यक सेवाका लागि यसअघि जारी भएका सवारी पासलाई नै निरन्तरता दिने गरी व्यवस्था मिलाउन स्थानीय प्रशासनहरुलाई निर्देशन दिइएको बताए ।

सकेसम्म भिडभाड हुनै नदिन र अत्यावश्यक सेवा प्रवाहमा हुने मानिसको चापलाई पनि व्यवस्थित बनाउन पुरानै पासलाई निरन्तरता दिइएको बताए । गृहको परिपत्र पछि सोमबार नै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले पुरानै पासलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top