उदयपुरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

१० बैशाख ७७, बुधबार

१० वैशाख, विराटनगर।
उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले संचारमाध्यमलाई जानकारी दिए। उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।

यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्। योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। मंगलबार मात्र सोही बस्तीका ११ जनामा कोरोना देखिएको थियो।

Advertisement

केहि समय अघि भुल्केकै एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ। वस्तीमा सुरक्षाकर्मी खटिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top