चट्याङ लागेर उदयपुरमा ५ जना घाईते

१० बैशाख ७७, बुधबार

१० वैशाख, विराटनगर ।

Advertisement

पूर्वका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना मानिस घाईते भएका छन् ।

चट्याङका कारण केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गएराती चट्याङ पर्दा चट्याङले लागेर चन्द्र मगर सहित उनकी श्रीमती ४८ बर्षीया मन कुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् ।

Advertisement

उक्त चट्याङले लागेर मगरको गोठमा बाधीराँखेको १ वटा बाख्रा मरेको छ । यसैगरी सोही नगरपालिका ६ रिस्कुमा गएराती चट्याङ पर्दा स्थानीय मेनुका राईका १२ बर्षीय छोरा अस्मान राई सामान्य घाईते भएका छन् ।

उक्त चट्याङले लागेर छिमेकी खुमबहादुर राईको खोरमा रहेका ३ वटा सुंगुर र धनकुमारी राईको खोरमा रहेका २ वटा सुँगुर मरेका छन् ।

Advertisement

यस्तै ईलामको फाकफ पोकथुम गाउँपालिका २ कालबोटेका ईन्द्रबहादुर चौहानको गोठमा राती १ बजे अचानक चट्याङ पर्दा गोठमा बाँधिरहेको १ वटा भैसी मरेको बताईएको छ भने ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका हरिलाल पाठकको घरमा चट्याङले लाग्दा घरको गाह्रो चर्काएको र सोलार प्यानलमा क्षति भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top