विरामीका कुरुवालाई खाना खुवाउँदै तरुण दल

विरामीका कुरुवालाई खाना खुवाउँदै तरुण दल

१० बैशाख, विराटनगर ।
तरुण दल मोरङले विराटनगर स्थित कोशी अस्पतालका बिरामी कुरुवाहरुलाई खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण अस्पतालमा बिरामी कुरेर बस्नेहरुलाई खानाको समस्या परेपछि खाना खुवाउने अभियान सुरु गरेको तरुण दलले त्यसलाई निरन्तरता दिएको हो ।

अभियान सुरु गरेको सत्रौँ दिन बुधबारसम्म करिब ४२ सयलाई खाना खुवाईएको तरुण दल मोरङले जनाएको छ । मानिसको जीवन रक्षा गर्नु पहिलो नैतिक जिम्मेवारी भएकोले लकडाउन रहँदासम्म बिरामी कुरुवाहरुलाई बेलुकाको एक छाक खाना खुवाउने तरुण दल विराटनगर महानगरका सभापति संतोष न्यौपानेले बताए ।

खाना खुवाउने अभियानमा तरुण दल जिल्ला अध्यक्ष प्रभाकर थापासहित तरुण दल कार्य समिती, तरुण दल महानगर समिती, नेपाल विद्यार्थी संघ मोरङका सदस्य तथा विभिन्न युवाहरु खटिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.