हेटौंडा छिर्ने मुख्य नाकामा अटोमेटिक सेनिटाइज मेसिन सञ्चालन

१२ बैशाख ७७, शनिबार

१३ वैशाख, हेटौंडा ।
भारत र तराईका जिल्लाबाट हेटौंडा छिर्ने मुख्य नाकामा राखिएको अटोमेटिक सेनिटाइज मेसिन शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ ।

विशेषगरी भारतबाट सामान लिएर आउने चालकलाई लक्षित गरेर हेटौंडाको चुरियामाईमा हेटौंडा उपमहाानगरपालिकाले सेनिटाइज मेसिन राखेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा तराईबाट हेटौंडा छिर्ने मुख्य नाकामा राखिएको मेसिनको मुख्यमन्त्री डोरमणि पौडेलले एक समारोहबीच शुक्रवार उद्घाटन गरेका थिए ।

उक्त नाकाबाट कुनैपनि व्यक्ति हेटौंडा प्रवेश गर्दा सेनिटाइज गरेर मात्र छिर्न पाउँछन् । भारत र प्रदेश–२ बाट छिर्ने चालकसहित अन्य यात्रु सेनिटाइज गरेपछि मात्र प्रवेश पाउने छन् । हेटौंडा उपमहानगरपालिकाले उक्त मेसिन एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको हो

Advertisement

रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्य सेनेटाइज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् । यस्तै मेसिन प्रदेशका विभिन्न स्थानहरु राखिने उनले बताए । भौतिक दूरी कायम गरी सेनिटाइज गरिने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले बताए ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त मेसिनको क्षमता २ सय लिटर रहेको छ । २ सय लिटरले २ हजार जनालाई सेनिटाइज गर्न सकिने स्वास्थ्य शाखा प्रमुख कार्कीले वताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top