१४ बैशाख, काठमाडौँ ।
सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि सरकारले लकडाउन १५ वैशाखसम्म गर्ने निर्णय गरेको थियो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।