×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विदेशमा अलपत्र नेपालीहरुको तत्काल समस्या समाधान गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

१६ बैशाख २०७७

१६ बैशाख, काठमाडौँ । विदेशमा हजारौं नेपाली कामदार कोरोनाको महामारीका कारण रोजगारी गुमाई तलब र खान–बस्नसमेत नपाएर अलपत्र अवस्थामा रहेको र संक्रमणको जोखिममा रहेको उल्लेख गर्दै उनीहरुको तत्काल समस्या समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै फोन र इमेललगायतका माध्यमबाट आयोगलाई विदेशमा नेपाली कामदार गम्भीर समस्यामा रहेको जानकारी आइरहेको उल्लेख गर्दै तिनको समस्याबारे परराष्ट्र र श्रममन्त्रीसँग छलफल गरी तत्काल समाधान गर्न ध्यानाकर्षण गराइएको समेत जनाएको छ ।

Advertisement
Advertisement

आयोगले बंगलादेशसहित विश्वका विभिन्न मुलुकमा रहेका हजारौं नेपाली विद्यार्थीहरू खर्च अभावले अलपत्र र अप्ठ्यारोमापरिरहेको जानकारी आइरहेको उल्लेख गर्दै तिनको तत्काल उद्धार या समस्याको समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले विज्ञप्तिमा मुलुकका ७२ वटा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू रहेका कारण सामाजिक दुरी पालना हुन नसकेकाले कहीँ कतैबाट कोरोना संक्रमण हुन गएमा कारागारभित्रको स्थिति भयावह हुन सक्ने चेतावनी दिंदै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरेको छ ।

आयोगले स्थलगत अनुगमनका क्रममा केन्द्रीय कारागारमा १२ सय ५० जना अट्ने क्षमता रहेकामा ३ हजार १ सय ६४ कैदीबन्दी भएकाले खानेपानी, शौचालय तथा सरसफाइको अभाव र सामाजिक दुरी कायम गर्न समस्या रहेको पाइएको जनाएको छ ।

Advertisement
Advertisement

आयोगले काठमाडौं र ललितपुरका कारागार तथा हिरासत कक्षको अनुगमनका क्रममा संक्रमण रोकथामका लागि सरसफाइ, स्वास्थ्य परिक्षणलगायतका प्रक्रियामा सचेतना अपनाइए पनि कम रहेको पाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top