×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

गाँस र वासले तड्पिएका भारतीयलाई विराटनगरका युवाको आश्रय

२४ बैशाख २०७७

२४ बैशाख, विराटनगर ।
देशमा लकडाउन छ । बैशाख २५ गते सम्म हुने भनिएको लकडाउन जेठ ५ गते सम्म लम्बिएको छ । विश्व भरि नेपालीहरु नेपाल आउन चाहन्छन् तर सरकार बेखबर जस्तै बनिरहेको छ । यतिबेला लकडाउनबाट पीडित नबनेको सायदै कोही होला । लकडाउनको असर आन्तरिक रुपमा जेजस्तो देखिएको छ त्यही रुपमा छिमेकी राष्ट्र भारतबाट बाध्यताले आवात जावत गर्नेपनि त्यतिनै मारमा परेका छन् ।

लकडाउनका विराटनगरको घटना हो , भारतिय मुलका १२ जना नागरिक एक बिहानै सुनसरीको इटहरी हुँदै जोगवनी नाकाबाट भारत प्रवेश गरिरहेका थिए । नाकामा प्रहरीले रोक्यो । उनीहरुसंग न त पैसा थियो न त बास नै । खाना खाने कुरा त परै जाओस् । अन्यौलमा रहेका १२ जनालाई बिराटनगरका एक मनकारी युवाले उद्धार गरेका छन् ।

Advertisement
Advertisement

नेपाल—भारतबिचको सम्बन्धलाई पूरानो नामले थप ब्याख्या गर्दछ । त्यो हो , रोटिबेटीको सम्बन्ध । अर्थात शाब्दिक अर्थमा रोटीले रोजगारीको संकेत गर्छ भने बेटीले बिहेबारीको ।तर, नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध रोजगारी, आवतजावत, बिहेबारी, लेनदेन वा मेलापातसँगसगै अस्थायी बसाइँसराइसँग पनि जोडिएको छ । मानिस स्वभावैले रोटी र सुविधाका लागि संघर्ष गर्ने सामाजिक प्राणी हो । त्यसैमा संघर्षरत प्राणीहरु मध्ये ति १२ जना भारतिय नागरिकहरुले न त घर जान पाए न त खाना बस्नको सुविधा नै ।

बैशाख २१ गते करिब करिब २ बजे नेपाल—भारतको सिमा जोगवनि—रानि नाका बाट नेपालमा बस्दै आएका एक भारतिय नागरिकले बिराटनगरका युवा वसिम आलमलाई कल गरे , उनले भने हामी ४—५ महिना अगाडि नेपाल आएका थियौं । चल्ला व्यापारि भनिएका उनिहरु इटहरीमा बस्दै आएका थिए । उनिहरु भारत नै जान सकिन्छ कि भनेर बोर्डर आइपुगेका थिए । त्यस पछि आलमले भने भारत पठाउने कुरामा म त केहि सहयोग गर्न सक्दिन तर नेपालमै खाने बस्ने व्यवस्था मिलाउन सक्छु ।

तर ति भारतीय नागरिकहरु नेपाल आउन नमानेर हर सम्भव भारत जाने प्रयास गरे । गाँस र वाँसले छट्पटिएर इटहरीबाट भौतारिदै हिड्दै आएका उनीहरु जोगवनी सिमा पारगर्दे हिडेरै भारत जाने प्रयासमा थिए । तर उनिहरुले भारत जान पाएनन् , कारण हो लकडाउन र सीमा नाका सिल । जतिबेला सिमा पुगे उनीहरु त्यतिखेर सम्म रातिको करिब ११ बजिसकेको थियो । बिहानै ४ बजे हिडेका उनिहरुले पानी समेत खाएका थिएनन् । राति पुनः युवा आलमलाई कल आयो कि , ति भारतिय नागरिकहरुलाई उद्धार गर्नुपर्छ । एकातिर रोटेबेटीको सम्बन्ध त्यो भन्दा पनि ठूलो मानवता, जुन सवैभन्दा ठूलो धर्म थियो । आलमले रातारात आवश्यक व्यवस्थापन गरेर सबै जनालाई बिराटनगर १५ स्थित जय नेपाल होस्टेलमा व्यवस्थापन गरिदिए ।

हाल उनिहरुको खान बस्ने लगायतको सुविधा भइसकेको छ । छिमेकका एक–अर्का देशका नागरिकबीचको ओहोरदोहोर र व्यवहारले रोटीबेटी सम्बन्धलाई टेवा र्पुयाउँछ नै । एक भारतिय नागरिकले भने , ‘अहिले हामीलाई वसिम आलमले सबै सहयोग गरिदिएका हुन् ।’ बोल्दा बोल्दै उनि भावुक भए र पुन थपे ‘आलमले त हामीलाई ठूलो दाईले भन्दा पनि धेरै सहयोग गर्नुभयो । ’

Advertisement

कुराकानीकै क्रममा अर्का एक भारतीयले भने ‘हिजो सम्म त हामी निकै तनावमा थियौ तर आज आएर निकै राहत मिलेको छ । ‘ भनिन्छ जसको कोही छैन उसको साथमा भगवान हुन्छन । यसलाई चल्तीको ब्याक्याम्समा दोहोरर्याउ जिस्का कोई नहि उसका उपरवाला है । हो रहेछ । ति भारतिय नागरिकरु जसले न त वसिमलाई चिन्दथे न त वसिम नै उनिहरुसंग परिचित थिए । तर पनि वसिमले उनिहरुलाई आफुले सकेको सक्दो सहयोग गरे । वसिमको यो कामबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु छन् अनि यो समाजलाई यस्ता मनकारीहरुको पनि त्यति नै आवश्यकता छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top