×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफगानिस्तानमा दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु

३१ बैशाख २०७७

३१ बैशाख, एजेन्सी ।
अफगानिस्तानमा मंगलबार भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ।

अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्। यसैगरी मंगलबारै नान्गहरमा एक पुलिस कमान्डरको अन्त्यष्टिमा आत्मघाती बम आक्रमणका हुँदा २४ जना व्यक्ति मारिएका छन्।

उक्त कार्यक्रममा सरकारी अधिकारीहरू र संसद सदस्यको उपस्थित थिए। मृत्यु हुने संख्या अझ बढी हुनसक्ने त्यहाँका अधिकारीहरुको भनाइ छ। उक्त बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहको अफगान सम्बद्ध इस्लामिक स्टेट खोरासनले लिएको द साइट इन्टेलिजेन्स ग्रुपले जनाएको छ।

तर काबुलमा भएको हमलाका लागि तत्काल कसैले जिम्मेवारी लिएको छैन। इस्लामिक राज्य आतंकवादी समूह नान्गहरमा संक्रिय रहँदै आएकाले आशंका उसैमाथि सोझिएको छ। यो समूहले हालैका महिनाहरुमा काबुलमा उच्च प्रोफाइलका हमला गरेका थिए। सोमबारमात्रै सुरक्षा बलले समूहको क्षेत्रीय नेतालाई पक्राउ गरेका थिए।

गृह मन्त्रालयले सार्वजनिक गरेको फोटोहरूमा अस्पतालमा दुई नवजात शिशु मृत अवस्थामा देखाइएको छ। एक तस्बिरमा भुँइमा पछारिएकी एक महिलाको हातमा बच्चा च्यापिरहेको देख्न सकिन्छ। रोयटर्सका अनुसार तस्वीरमा देखिएकी ती महिला भने बाँच्न सफल भएको र हाल उनको अर्को अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

सार्वजनिक स्थानको सुरक्षाका लागि तालिबान र अन्य आतंकवादी समूहहरूको आक्रमण र धम्कीलाई रोक्न, म अफगान सुरक्षा बललाई सक्रिय सुरक्षा मोडबाट आक्रमिक हिसाबमा शत्रुको बिरूद्ध आफ्नो अभियान सुरु गर्न आदेश दिइरहेको, छु राष्ट्रपति अश्रफ घानीले एक टेलिभिजन अन्तर्वार्तामा आक्रमणको निन्दा गर्दै भने।

घटनाको बेलायत, जर्मनी, टर्की र पाकिस्तान लगायतका देशहरूले निन्दा गरेका छन्।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top