भारतमा दुई ट्रक आपसमा ठोक्किँदा २४ मजदूरको निधन

३ जेष्ठ, एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रक आपसमा ठोक्किँदा २४ मजदूरको निधन भएको छ।

दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । बिहान करिब ३ बजेर ३० मिनेट जाँदा घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किन पुगेको थियो । प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो ।

सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको थियो । राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोरा पनि थियो । दुर्घटनापछि ट्रक पल्टियो र मजदुरहरु चुनाको बोरामा दबिए । सो ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थल गएर प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए । शनिबार बिहान दुर्घटना भएको हो । अहिले उद्धार तथा राहतको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top