३ जेठ, काठमाडौं ।
नेपाली सेनालाई पनि कारोना भाईरसको संक्रमण देखिएको छ । महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।
शनिबार महोत्तरीका २६ वर्षीय र ५२ वर्षीय पुरुषलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको उनले बताए ।
यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।