लोकसेवाले पहिलो चरणको परीक्षा भइसकेका कार्यक्रम नरोक्ने

५ जेठ, काठमाडौँ ।
लोकसेवा आयोगले परीक्षाको चरणमा नपुगेका सबै तहका कर्मचारी छनौट प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले सरकारको निर्णयअनुसार परीक्षाको तहमा नपुगेका कर्मचारी छनौट प्रक्रियाहरुलाई स्थगित गर्ने निर्णय गरेको हो ।

यो निर्णयपछि सार्वजनिक सेवामा प्रवेशका लागि तयारी गरेर बसेका सयौं परीक्षार्थी प्रभावित भएका छन् । तर, लोकसेवाले परीक्षाको चरणमा गइसकेका कार्यक्रम रद्द हुन नसक्ने लोकसेवाले जनाएको छ । लिखित परीक्षा भएका अनि अन्तर्वार्ता हुन बाँकी प्रतिस्पर्धाको हकमा लोकसेवाले नयाँ तालिका बनाएर सार्वजनिक गर्ने जनाएको छ । अनि दरखास्त लिएर कुनै पनि खालको चरणको परीक्षण भइसकेको विज्ञापनको हकमा स्थिति सामान्य भएपछि सबै परीक्षाहरुको नयाँ कार्यक्रम निर्धारण हुने जनाएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले नयाँ विज्ञापन प्रकाशित गर्ने काम स्थगित भएको बताए । सरकारले समेत कोरोना महामारीका कारण आर्थिक समस्या हुनसक्ने आकलन गरी नयाँ कर्मचारी भर्ना प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको छ ।’

Advertisement

लोकसेवाले आफ्नो वार्षिक कार्यतालिकाअनुसार विज्ञापन हुन बाँकी पदहरुको विज्ञापन प्रकाशित गर्ने काम पनि तत्कालका लागि रोकेको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका विज्ञापनको हकमा स्थिति सामान्य भएपछि नयाँ परीक्षा कार्यक्रम सार्वजनिक हुने जनाएको छ । लोकसेवाले परीक्षाको कुनै चरणमा प्रवेश गरेका सुरक्षा निकाय अनि संगठित संस्थाको परीक्षा नरोक्ने भएको छ । तर, त्यस्ता परीक्षा स्थिति सामान्य भएपछि नयाँ सूचनाबाट मात्रै सञ्चालन हुनेछन् । अरु सार्वजनिक निकाय वा संस्थाबाट विज्ञापन भएका तर आयोगबाट परीक्षा निर्धारण हुन बाँकी विज्ञापन पनि सरकारले अर्को निर्णय नगरेसम्म स्थगित हुने भएको छ ।

गत फागुन २८ गते लोकसेवाले विज्ञापन गरेको राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदारको हकमा आउँदो शुक्रबारदेखि दरखास्त लिने काम बन्द हुने भएको छ । अनलाईनमार्फत फर्म बुझाएका तर शूल्क बुझाउन बाँकी परीक्षार्थीहरुले स्थिति सामान्य भएपछि रकम बुझाउन पाउने व्यवस्था गरिने लोकसेवाले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top