कतारमा प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज एप इन्स्टल गर्न कतार सरकारको निर्देशन

७ जेष्ठ, दोहा । कतारको मन्त्रीपरिषदले प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज एप इन्स्टल गर्न निर्देशन दिएको छ । कुनै कारणबस घरबाट बाहिर निस्किंदा यस एपले सहयोग गर्ने र यो निर्देशन मे २२ देखि अर्को सूचना जारी नआएसम्म लागू हुने जनाइएको छ ।

कतारमा मे १९ देखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् । मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल, औषधि पसल र होम डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सबै व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रीपरिषदको निर्णयअनुसार अब एउटा गाडीमा सवारी चालकसहित दुईजना भन्दा बढी बस्न नपाउने भएका छन् । तर ट्याक्सी वा लिमोजिनमा यात्रा गर्दा वा परिवारका सदस्यले गाडी चलाइ निजी गाडीमा यात्रा गर्दा भने बढीमा तीनजनासम्म यात्रा गर्न मिल्नेछ ।

Advertisement

यी निर्णको पालना नगरेमा तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने जनाइएको छ । कतार सरकारले जारी गरेको निर्देशन अनिवार्य रुपमा पालना गर्न कतारमा बसोबास गर्ने सबै नेपालीहरुलाई कतारस्थित नेपाली दूतावास अनुरोध अपिल गरेको छ ।

कतारमा मंगलबार मात्र थप १६ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । ७ सय ३५ जना संक्रमित निको भएर फर्केका छन् ।

Advertisement

कतारमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाको जाँच गर्दा १६ सय ३७ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३५ हजार ६ सय ६ पुगेको छ ।

हालसम्म ५ हजार ६ सय ३४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म १५ जनाको मृत्यु भईसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top