बिहारमा भारतकै सर्वाधिक संक्रमितको दर १०.६७ प्रतिशत

१३ जेठ ७७, मंगलबार

१३ जेष्ठ, एजेन्सी।
संक्रमण सुरुवातको सय दिनमा ६८ हजार जनामा कोभिड १९ पोजेटिभ देखिएको भारतमा पछिल्लो १५ दिनमा ७० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्।

Advertisement

महाराष्ट्र र तामिल नाडूमा संक्रमितको संख्या दोब्बर हुन १२ दिनमात्र लाग्यो नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहारमा सात दिनमा नै संक्रमित दोब्बर देखिएका छन्। हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्कअनुसार बिहारमा संक्रमितको दर १०.६७ प्रतिशत रहेको छ जुन भारतकै सर्वाधिक हो।

जबकि उत्तर प्रदेश र गुजरातमा यो दर घट्दै गएको छ। संक्रमणका कारण विश्वका सबैभन्दा खराव अवस्थाका मुलुकको सूचीमा भारतले आइतवार मात्रै इरानलाई उछिनेको थियो। अहिलेकै रफ्तारमा संक्रमित बढिरहने हो भने भारतमा दुई दिनभित्र १ लाख ५० हजार संक्रमित हुनेछन्।

Advertisement

जसरी संक्रमितको संख्या बढेको छ भारतमा मृत्यु हुनेको संख्या पनि १५ दिन दोब्बर देखिएको छ। पछिल्ला दुई दिनमा मृत्युदर ८ प्रतिशतले बढेको छ। भारतमा संक्रमितको अहिलेको रफ्तार जुन अवस्थामा छ त्यो रफ्तार ब्राजिलमा १५ दिन अघि देखिएको थियो। ब्राजिल अहिले सबैभन्दा संक्रमित मुलुकको दोस्रो स्थानमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top