आज १३ औं गणतन्त्र दिवस, अहिलेसम्म सोचे अनुसारको प्रगति हुन सकेन

१५ जेष्ठ, काठमाडौं । आज १३ औं गणतन्त्र दिवस । यस अवसरमा हरेक वर्ष देशभर विभिन्न कार्यक्रम गरिँदै आएकोमा यस वर्ष भने कोरोना महामारीले देश लकडाउनमा छ ।

२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो ।
२०६/६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो ।

Advertisement

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थियो ।

Advertisement

यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनको क्रममा छ ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन । नयाँ चुनौति थपिएका छन् । राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता भने देखिएको छैन ।

करिब दुई तिहाई नजिकको बहुमत भएर पनि सत्तारुढ नेकपामा सत्ताछिनाझप्टीले झण्डै झण्डै वर्तमान सरकार ढल्ने अवस्थामा पुगेको थियो । देश भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको छ । सत्तामा भएकाहरुलाई प्रभावमा पारेर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउने वर्गको हालिमुहाली झन मौलाएको छ ।

जनतामा निराशा बढ्दै गएको छ । यस पटक संसारभर फैलिएको कोरोना महामारीका कारण देश र देशवासी नराम्रो संकटमा फसेका छन् । कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा कायमै हुँदा वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा छाउन थालेको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top