सकारात्मक पहल गरिए मात्र सीमा विवादबारे नेपालसँग वार्ता गर्नेः भारत

१६ जेष्ठ, नयाँदिल्ली । भारतले सकारात्मक पहल गरिए मात्र सीमा विवादबारे नेपालसँग वार्ता गर्ने बताएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादलाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात्मक र सकारात्मक पहल चाहिने बताएका हुन् ।

भारतका तर्फबाट वार्ताका लागि अघि सारिएको रचनात्मक र सकारात्मक पहलको सर्त नयाँ भने होइन । नेपालले लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेपछि दिइएको प्रतिक्रियामा पनि नेपालको नेतृत्वले कूटनीतिक संवादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने विश्वास राखेको जनाएको थियो ।

Advertisement

विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले सीमासम्बन्धी जिज्ञासामा द्विपक्षीय सम्बन्ध र साझेदारीका प्रसंग उल्लेख गर्नुलाई पनि अर्थपूर्ण स्पमा हेरिएको छ । कोभिड–१९ को महामारीको चुनौतीपूर्ण घडीमा पनि भारतले व्यापार र औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्तिलाई नियमित राखेको समेत उनले उल्लेख गरेका थिए ।

भारतले गत वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको छ । भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेको भन्दै नेपालले औपचारिक रूपमै विरोध जनाएको थियो । सीमा विवाद समाधानका लागि तत्काल विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि तयार हुनेसमेत भारतलाई आग्रह गरेको थियो ।

Advertisement

भारतले भने कोभिड–१९ को महामारी नियन्त्रणपछि बैठक राख्न सकिने बताएको थियो । त्यसैबीच भारतका सेनाप्रमुखले लिपुलेक सडकका सम्बन्धमा नेपालले चीनको इसारामा विरोध गरिरहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि परिस्थिति थप तनावपूर्ण बन्यो ।

त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्‍यो । त्यसपछि संविधानमा रहेको निसान छापसम्बन्धी व्यवस्थालाई संशोधन गर्न प्रक्रिया अगाडि बढाइएको थियो । तर बुधबार संशोधन प्रस्तावलाई सरकारको आग्रहमा संसद्को कार्यसूचीबाट हटाइएको छ ।

नक्साका सम्बन्धमा काठमाडौंमा विकसित घटनाक्रमप्रति दिल्लीले विशेष चासो राख्दै आएको छ । स्रोतका अनुसार सीमा विवाद टुंगिनुअघि नै नयाँ नक्सालाई पारित गर्न संविधान संशोधन गर्दा द्विपक्षीय वार्ताको सम्भावना कमजोर हुने सन्देश दिल्लीले काठमाडौंलाई दिइसकेको छ । सरकारले संविधान संशोधन प्रस्ताव अन्तिम समयमा फिर्ता लिनुका पछाडि पनि दिल्लीबाट गएको त्यही सन्देश कारण रहेको आशंका गरिएको छ ।

भारतका विदेश मन्त्रालयका प्रवक्ताले बिहीबारको पत्रकार सम्मेलनमा सीमा सम्बन्धमा नेपालमा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको बताएकाले पनि संविधान संशोधनमा भारतको चासो प्रस्ट हुन्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top