मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२२ चैत ७४, शुक्रबार

उर्लाबारी, मोरङ, २३ चैत ः बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top