जागिरबाट निकालेको भन्दै अस्पतालका कर्मचारीले लगाए आफ्नै शरीरमा आगो

२६ जेठ ७७, सोमबार

२६ जेष्ठ, अछाम ।
जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीका अनुसार साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका हुन् । अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो ।

जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । डीएसपी भारतीका अनुसार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top