४५ दिन देखि कुवेतको सेल्टरमा रहेका नेपालीहरुद्वारा मध्यरातमा आन्दोलन

योगेन्द्र योगी
२६ जेठ, दोहा ।
कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा आफूहरु अलपत्र परेको भन्दै आन्दोलन गरेका छन् ।

४३ दिन देखि अलपत्र अवस्थामा कुवेतको सेल्टरको क्वारेन्टाइनमा रहेक पाँच सयभन्दा बढी नेपालीहरुले मध्य आइतबार रातबाट आन्दोलन सुरु गरेको गुल्मीका रामचन्द्र भण्डारीले जानकारी दिएका छन् ।

अलपत्र नेपालीहरुले कुवेत सरकार जिन्दाबाद नेपाली दूताबास मुर्दाबाद र केपी ओली मुर्दाबाद भन्दै नाराबाजी गरेको भण्डारीले बताए । नेपाल सरकारले बेवास्ता गरेको र नेपाल सरकार सुतेको भन्दै कुवेत प्रहरीले पनि नाराबाजी गर्न छुट दिएको उनले बताए ।

Advertisement

लामो समय देखि सल्टरको क्वारेन्टाइनमा बसेका कारण धेरै नेपालीहरु बिरामी समेत परेको र पटक पटक नेपाल सरकारलाई उद्दार गर्न आग्रह गरेता पनि हाम्रो माग नसुनेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

कुवेतको इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारका लागि नेपाल सरकारलाई गुहारी रहेको भएपनि अहिलेसम्म उनीहरुको माग सुनुवाई भएको छैन ।

Advertisement

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गत अप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचना जारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवाना समेत मिनाहा गरी आममाफी दिएको हो ।

अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निणर्य गरेको कुवेत सरकारले जनाएले पनि अहिलेसम्म नेपाल सरकारले बेवास्ता गरेको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागीहरुको भनाइ रहेको छ । यस बारे कुवेतस्थित नेपाली दूताबाससंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top