×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

१७ करोड प्रकरणमा खेलकुद मन्त्रीको मन कसले दुखायो ?

२६ जेष्ठ २०७७

२६ जेठ, काठमाडौँ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिने क्रममा उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छबिलाई बिना आधार कसैलाई धमिल्याउन छुट नभएको बताए ।

उनले विना प्रसंगका विषय जोडेर मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने टिप्पणी गरे ।उनले भने-“सार्वभौम संसदको यो रोष्टममा उभिरहदा आज म अत्यन्तै गम्भीर र दुखी छु । एकजना माननीय सदस्यले पर्सा विरगञ्जको नारायणी रंगशालाका बारेमा बोल्दै गर्दा ‘माननीय मन्त्री ज्यूलाई एन्फाले पनि बढा माया गरेको छ । सुन्नमा आएको छ कि १७ करोड रुपैया एन्फाले पनि उहाँलाई दिएको छ भनेर भन्नुभयो ।’ माननीय ज्यूले के भन्न खोज्नुभएको हो ? आसय के थियो ? माननीय ज्यूले नै स्पष्ट गर्नुपर्यो । म सम्माननिय सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु । ”

Advertisement

आफुले कोही कसैबाट एक रुपैया नलिएको भन्दै आफुमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन ती सांसदलाई चुनौति दिए । उनले भने “यदि माननीय ज्यूले जुन शब्दमा, जे भन्नुभएको छ । भनेको त्यही हो भने । गम्भीर छ । यसले मलाई धेरै नै दुखी तुल्याएको छ । उहाँले जुन शब्द उच्चारण गर्नुभएको छ । जुन शब्दमा आफ्ना अभिव्यक्ति दिनुभएको छ । उहाँले भन्न खोजेको त्यही हो भने त्यसलाई पुष्टि गर्न , प्रमाणित गरेर देखाउन म चुनौति दिन्छु । उहाँको आसय अर्कै थियो भने के थियो ? त्यो स्पष्ट गर्नुपर्यो सभामुख महोदय । एन्फाबाट र कोही कसैबाट मैले एक रुपैया लिएको छैन । ” उनले एन्फा एकेडेमी स्थापनाका लागि भएको कामबारे आफुलाई औपचारीक जानकारी सम्म नभएको स्पष्ट पारे । उनले भने “कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारी भन्ने स्थानमा एन्फाले एकेडेमी स्थापना गर्न खोज्दैछ । फिफाका प्रतिनिधिहरु आएर धेरै ठाउँहरु मध्ये त्यो ठाउँलाई छनौट गरेको हुँदा १७ करोड बराबरको लागतको योजना एन्फाको बैकठले स्वीकृत गरिसकेको छ भन्ने सुनेको छु । यसको पनि कुनै आधिकारीक जनानकारी मन्त्रालयलाई प्राप्त भएको छैन । यो प्रसंग हो भने मेरो कुनै गल्ती र कमजोरी त भएन नि ?”

उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक जीवन नभई निजी जीवन पनि हुने र सार्वजनिक जीवनमा रहेकै आधारमा व्यक्तिको इज्जत प्रतिष्ठा इमान र छबिलाई बिना आधार कसैले धमिल्याउन नपाउने उल्लेख गरे । उनले आफ्नो इमान्दारीता र खेल क्षेत्रमा प्राप्त गरेको सफलतामाथि प्रहार गरि बद्नाम गराउने काम गरिएको भन्दै ती सांसदको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण पनि गराए । उनले भने “निष्ठा र इमानकासाथ आफ्नो जिम्मेवारी पुरा गर्न दिन रात क्षमताले भ्याए सम्म कठिन मेहनत गरिरहे, कुनै मिडियामा प्रचार र चर्चा भन्दा पनि काममा केन्द्रीत हुने सके गरेर राम्रो गर्ने , केही गर्न सकिएन भने पनि निष्ठा र इमानमा आफनो बाल्यकाल देखिको छबिलाई सतिसाल तुल्याउने संकल्प लिएर काम गरिरहेको मान्छेले यस्तो आरोप सुन्नु पर्दा म धेरै दुखी छु । सम्बन्धित माननीय ज्यूलाई स्पष्ट पार्न लगाईयोस् । बिना आधार, प्रमाण व्यक्तिको लाञ्छनापूणर् अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ । ”

Advertisement

उनले आफुले खेलकूद मन्त्रालयको कार्यभार सम्हालेपछि काठमाण्डौको मुलपानीस्थित अन्तराष्ट्रिय रंगशाला निर्माणको जग्गा सम्बन्धी विवाद समाधान गरी निर्माणको काम अघि बढेको , आईसीसीद्धारा क्यानमाथि लागेको निलम्बन फुकुवा भएको, क्यानको साधारण सभा निर्वाचन सम्पन्न भई नया नेतृत्व चयन संगै क्रिकेट विकासको वातावरण बनेको, खेल सम्बन्धी धेरै विवाद समाधान भएको,खेल क्षेत्र खेलकुदको विकासमा एकतावद्ध भएको ,खेलकूदमा हुने राजनीतिकरण अन्त्य भएको र त्यसको प्रतिफल साग गेममा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको बताए । आफ्नै कार्यकालमा ओलम्पिकको लामो समय देखिको विवाद समाधान हुनुको साथै खेल क्षेत्रमा भएको सुधार र परिर्वतन आएको पनि बताए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top