जागिर गुमाएपछि आफैँलाई आगो लगाएका युवकको मृत्यु

२६ माघ, अछाम ।
जागिरबाट निकालेपछि तनावका बीच आफैलाई आगो लगाएका आछामका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

साँफेबगर नगरपालिका ६का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु साँफेबगर ६ का वडाध्यक्ष प्रेमबहादुर शर्माले जानकारी दिए। सोमबार बिहान साढे आठ बजे आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए।

उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए। आगो लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगेको थियो। अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए ।

Advertisement

अस्पतालले हटाएको चिठी थमाएपछि सिद्धार्थ तनावमा रहेको बुझिएको छ । अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top