×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

यूएईले केही हप्तामै मङ्गल ग्रहमा यान पठाउने, अग्रगामी कदम हुने आशा

३१ जेष्ठ २०७७

३१ जेष्ठ, एजेन्सी ।
अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ।

अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ। करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात महिना लाग्नेछ। उक्त अन्तरिक्ष यानले त्यहाँको मौसम र वायुमण्डलबारे नयाँ तथ्य पठाउने योजना रहेको छ।

Advertisement
Advertisement

उक्त यानले यथेष्ट तथ्याङ्क सङ्कलन गर्न मङ्गलको एक वर्ष अर्थात् ६८७ दिन नै मङ्गल ग्रहलाई परिक्रमा गर्नेछ। मङ्गल ग्रहलाई एकपटक घुम्न उक्त यानलाई ५५ घण्टा लाग्नेछ। उक्त आयोजनाकी निर्देशक सारा अल(अमिरिले यो अन्तरिक्ष आयोजना अरबका युवा वैज्ञानिकहरूका लागि अन्तरिक्ष इन्जिनियरिङमा लाग्न एउटा ठूलो प्रोत्साहन हुने बताएकी छन्।

यानको नाम अमल राखिएको छ जसको अर्थ आशा हुन्छ। यो रोबोटजडित यान जापानको एउटा टापु तानेगाशिमाबाट जुलाई १४ का दिन अन्तरिक्षतर्फ लाग्नेछ। उक्त यानमा मङ्गलको वायुमण्डलको जटिल बनोट नापजाँच गर्नका लागि तीन प्रकारका उपकरण जडान गरिएका छन्।

त्यसमा हाइ रिजोलुशन मल्टिब्यान्ड क्यामेरा पनि छ जसले यो ग्रहको धुलो र ओजोन तह नाप्नेछ। दोस्रो इन्फ्रारेड स्पेक्ट्रोमीटर हो जसले वायुमण्डलको माथिल्लो र तल्लो तह नाप्नेछ। यो उपकरण अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयले विकास गरेको हो । यो आयोजनामा तीनवटा अमेरिकी विश्वविद्यालहरू सहभागी छन्।

तेस्रो सेन्सर अल्ट्राभायोलेट स्पेक्ट्रोमीटर हुनेछ जसले अक्सीजन र हाइड्रोजन तह नाप्नेछ। अल–अमिरिले अनुसन्धानको एउटा लक्ष्य पानी बन्नका लागि अत्यावश्यक हाइड्रोजन र अक्सीजन तत्व कसरी यो ग्रहबाट उडिरहेका छन् भन्ने पत्ता लगाउने रहेको बताइन्।

यूकेको साइन्स ग्रुपका निर्देशक सर इयान ब्ल्याचफोर्डले भने, यस अघिका धेरै लक्ष्यहरूले भूबनोटमा केन्द्रित थिए तर यसले मङ्गलको वातावरणको विस्तृत र विहङ्गम दृष्य दिनेछ। यूएई यसअघि पनि अन्तरिक्षको यात्रामा सहभागी भएको थियो। यसले पृथ्वीको कक्षमा रकेटहरू पठाएको छ भने एकजनालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो।

अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद हुन्। उनी सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडेका थिए। तर अहिलेको लक्ष्य त्यो भन्दा बृहत् कुरा हो। अहिलेको अन्तरिक्ष यान यूएईमा बनेको हो र जापानको टापुमा पुर्‍याइसकिएको छ।

अन्तरिक्ष यान जापान पुर्‍याएपछि त्यो कार्यमा संलग्न सबै इन्जिनियरहरूलाई कोरोनाभाइरस महामारीका कारण क्वारन्टीनमा पठाइएको थियो जसले गर्दा अन्तरिक्ष यान उडाउन प्रक्षेपित समय ढिला हुने हो की भन्ने अन्योल उत्पन्न भएको थियो।

ब्रिटेन ओपन युनिभर्सिटीमा ग्रह र अन्तरिक्षसम्बन्धी प्राध्यापक मोनिका ग्रेडीले यस अघिसम्म विश्वका शक्ति राष्ट्रहरूको दबदबा रहेको यो क्षेत्रमा यूएईको मङ्गल लक्ष्यले ठूलै परिवर्तन ल्याउनसक्ने बताइन्।

अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडेका थिए
उनले भनिन्, यो मङ्गल ग्रहको अध्ययनमा महत्त्वपूर्ण पाइला हो।

यदि अरबको यो प्रयत्न सफल भयो भने युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरिक्ष निकाय नासा बाहेक अरूहरू पनि मङ्गलमा पुग्न सक्छन् भन्ने प्रमाणित हुनेछ। तर कैयौँ मङ्गलमा जाने लक्ष्यहरू असफल भएका छन्।

Advertisement

मङ्गलमा उक्त यान पुग्यो भने त्यो यूएईले स्वतन्त्रता प्राप्त गरेको पचासौँ वर्षोत्सवमा हुनेछ जसले ठूलो आशा जगाउने ठानिएको छ। यो मुलुकले सन् २११७ सम्ममा मङ्गल ग्रहमा मानवबस्ती बसाउने प्रतिबद्धता व्यक्त गरेको छ।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top