विप्लव कार्यकर्ताको कोठामा भेटिएको सकेट बम सेनाद्वारा डिस्पोज

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव समूहका एक कार्यकर्तालाई विस्फोटक पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ।

Advertisement

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ ललितपुर महानगरपालिका ११ इखाछे बङ्गलामुखी नजिकैबाट विस्फोटक सहित ४१ वर्षीय श्याम भन्ने सानुराज बज्राचार्यलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा बज्राचार्यको घर कोठा खानतलासी गर्दा घरको तेस्रो तल्लामा रहेको कोठामा लुकाई राखेको अवस्थामा मेटासिटको भाँडो इम्प्रुभाइज गरी बनाएको सकेट बम फेला परेको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

Advertisement

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले घरको कोठा बाहिर निकालेर सुरक्षित स्थान लगी डिस्पोज गराएको एसपी कार्कीले जानकारी दिए। प्रहरीले कटुवा पेस्तोल विप्लव समूहसँग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top