×

NEPAL TIMES UPDATES

Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026

पर्वत पहिरो अपडेटः ५ जनाको शव भेटियो, बेपत्ताको खोजी जारी

३२ जेष्ठ २०७७

३२ जेष्ठ, पर्वत ।
शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ ।

३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो । घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो । दुई जना पुरिएकै अवस्थामा मृत फेला परेको भए पनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ ।

Advertisement
Advertisement

मृतकहरुमा तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छैन । त्यस्तै आइतबार बिहान उद्धारकर्मीले पहिरोमा पुरिएका अरु २ जनाको शव फेला पारेको छ ।

उनीहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । उनीहरुलाई निकाल्न समस्या भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् । पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ ।

राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एक्स्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको स्थानीय होमबहादुर थापा मगरले बताए । उनका अनुसार स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो । रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

Advertisement
Advertisement

घटनास्थल पुगेका वडाध्यक्ष तेजप्रसाद पाध्यायका अनुसार स्थानीय भुवन गिरीको घर पनि पहिरोले पुरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयबासी समेत उद्धारमा संलग्न छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top