कोरोनाबाट बस व्यवसायीको मृत्यु

४ असार, धनगढी ।
कैलाली गोदावरी नगरपालिका ७ का एक जना कोरोना संक्रमितको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कैलाली गोदावरी ७ का ४६ वर्षीय बस व्यवसायीको कोरोना संक्रमणबाट बुधबार साँझ ७ बजेर ५२ मिनटमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

Advertisement

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने ‘मंगलबारदेखि कडा निमोनियाले श्वासप्रश्वासमा जटिलता पैदा भइसकेको थियो,चिकित्सकले बचाउने प्रयास गर्दागर्दै पनि बचाउन सकिएन ।’ उनले बुधबार बिरामीलाई काठमाडौं पठाउन एयर एम्बुलेन्स मगाउने प्रयास गरिए पनि पठाउन नसकिएको बताए ।

शनिबार राति १२ बजे मृतक बिरामीलाई नवनजीवन अस्पतालको आईसीयु कक्षबाट कोरोना पुष्टि भएपछि सेती अस्तालमा भर्ना गरिएको थियो । उनको आईसीयु कक्षमै राखेर उपचार गरिएको थियो ।

Advertisement

कैलालीको गौरीफन्टा र गड्डाचौकी सीमानाकामा पुगेका नेपालीलाई बसमा राखेर विभिन्न स्थानमा पुगाउने क्रममा उनी कोरोना संक्रमित भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top