कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीलाई

कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीलाई

४ असार, एजेन्सी । कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीले जितेको छ ।

गएराति भएको फाइनल खेलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो मुख्य उपाधि जितेको हो ।

खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा नापोलीले युभेन्टसमाथि ४–२ को जित हात पा¥यो ।

इटालीको राजधानी रोमस्थित ओलम्पिक रंगशालामा बिना कुनै दर्शकको उपस्थितीमा खेल खेलाइएको थियो ।

जितपछि नापोलीका प्रशिक्षक जेनारो गाट्टुसोलाई राहत पुग्दा युभेन्टसका प्रशिक्षक मौरिजियो सारी दबाबमा परेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.